दाङको हापुरेमा स्थानीयद्वारा गाउँपालिका घेराउ

२५ कार्तिक २०७५, आईतवार १६:२०
 

सदरलाइनडटकम,
दाङ : शनिवारको दुर्घटनाको विषयलाई लिएर दाङको पश्चिम क्षेत्र हापुरेका स्थानीयले नाराबाजी गर्दै आइतवार दिउँसोदेखि बबई गाउँपालिका घेराउ गरेका छन् । सयौंको संख्यामा रहेका स्थानीयले, ‘स्थानीय सरकार होसियार, हत्यारालाई कार्वाही गर, पीडितलाई उचित क्षतिपूर्ति दे’ भनेर नाराबाजी गर्दै हापुरेमा रहेको गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।
बसको ठक्करबाट स्थानीय एकजना युवाको मृत्यु भएपछि पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सवालमा मिलेमतो भएको भन्दै स्थानीयले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । यसअघि स्थानीयले आइतवार बिहानैदेखि तुलसीपुर–सुर्खेत सडकखण्ड अवरुद्ध गर्दै आएका छन् ।
शनिवार बेलुका ५ बजेतिर बसको ठक्करबाट बबई गाउँपालिका वडा नम्बर ५ का २३ वर्षका मानसिंह वलीको घटनास्थलमै ज्यान गएको थियो । राप्ती यातायात सेवा प्रालिको ना २ ख ९६३५ नम्बरको बसले ब्याक गर्ने क्रममा वलीलाई ठक्कर दिँदा वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा छन् । पीडित पक्षले वलीको शव उठाउन अझैं मानेका छैनन् ।
चालकले रक्सी खाएर बस चलाएको हुँदा ब्याक गर्ने क्रममा सावधानी नपनाउँदा दुर्घटना भएको स्थानीयको आरोप छ । दोषीलाई कडा कार्वाही नभएसम्म शव जिम्मा नलिने स्थानीयले बताएका छन् ।

Next Post

पाँच बर्षभित्र नरैनापुरको मुहार फेरिन्छ : मन्त्री राई

२५ कार्तिक २०७५, आईतवार १६:२०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ५ बर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुगेका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडी परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गरे । बस्ती […]