ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ

सदरलाइन संवाददाता ३२ जेष्ठ २०८०, बिहीबार १४:१८
 

नेपालगञ्ज : ब्राउनसुगरसहित नेपालगञ्जमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका–१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटा पक्राउ परेका हुन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।


उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरद्वारा अनुदानमा कृषि सामग्री वितरण

३२ जेष्ठ २०८०, बिहीबार १४:१८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाभित्रका किसानलाई अत्याधुनिक तरिकाले खेती गरेर उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ । कृषि उत्पादनलाई वृद्धि गर्ने अभियानका साथ किसानलाई कृषिमा आत्मनिर्भर बनाउन कोहलपुर नगरपालिका अन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरिएको हो । […]

सम्बन्धित