‘मानव बेचविखनबिरुद्धको मुद्दमा स्थानीय तहले अपनत्व लिन आवश्यक छ’

रुद्र सुवेदी ११ माघ २०७८, मंगलवार १७:४२
 


नेपालगञ्ज :  मानव बेचविखन बिरुद्धको मुद्दा स्थानीय सरकारले अपनत्व लिनु पर्ने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवद्वारा सञ्चालन गरेको मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान प्रोटेक्ट परियोजनाले आयोजना गरेको सरोकारवालाबीचको अन्तरक्रियात्मक पैरबी बैठकका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रममा आफ्नो धारणा राख्दै माइती नेपाल नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोईरालाले मानव बेचविखन विरुद्धको अभियानलाई जनस्तरसम्म पुराउनको लागि संघसंस्था माध्याम मात्र भएपनि स्थानीय तहले यसलाई आफ्नो समस्याको रुपमा बुझेर अपनत्व लिन पर्ने कुरामा जोड दिए ।

उनले बाँकेमा विद्यमान पछिल्लो अवस्था र ट्रेण्डको विष्लेशण गर्दै स्थानीय तह, स्थानीय प्रशासन र यस क्षेत्रमा क्रियाशिल संघ संस्थाले आ–आफ्नो भुमिकालाई अपनत्व लिनेगरी कार्यान्वयनमा ल्याउन सके मात्र पनि बेचविखनको जोखिम न्युन भएर जाने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा बोल्दै वीनरकको हाम्रो सम्मान परियोजनाका कमला पन्तले पछिल्लो समय बैदेशिक रोजगारमा जानेहरु वा स्वदेस मै पनि मनोरञ्जनका क्षेत्रमा लागेका महिला बालबालिका र पुरुषसमेत बेचविखनको जोखिममा परेको पाईएको बताईन ।

उनले भनिन–‘बैदेशिक रोजगारमा रहेको व्यक्ति रोजगारको क्रममा र मनोरञ्जनको क्षेत्रमा रहेकाहरु पनि बेचबिखनको जोखिममा छन । तर, पीडित आफै नै म बेचविखन र शोषणमा परेको छु भनेर आउदैन । यस्तो अवस्थामा अभियानलाई अगाडि बढाउन चुनौती हुने हुँदा स्थानीय तहले आफ्नो भुमिका देखाउन सक्छ ।’

शक्ति समुह नेपालगञ्जकी निर्मला पौडेलले आफ्नो कार्यालयबाट एक वर्षको दौरानमा ३१ जना भारत लगायतका स्थानबाट उद्दार गरेको जानकारी दिईन । उनले शक्ति समुहले नेपालगञ्ज मै १८ वर्ष मुनिका किशोरीलाई लक्षित गरी ट्रान्जिट होम सञ्चालनमा ल्याएको बताईन ।


साथी संस्थाका सरस्वती पराजुलीले हाम्रो सम्मान परियोजना अन्तरगत बोर्डर निगरानीसंगै सेल्टर होम सञ्चालन गर्नुको साथै विभिन्न सचेतनाका क्षेत्रमा कार्य गर्दै आएको बताईन । यसैगरी सानाहातहरुबाट अम्बिका थापाले बोर्डर निगरानी र कानूनी उपचारको पाटोमा क्रियाशिलता रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा ३ वटा बेचविखन बिरुद्धका मुद्धाहरु दर्ता गराईएको जानकारी दिईन ।

बाँके युनेस्को क्लवका प्रोटेक्ट परियोजना प्रमुख विनिता आरसीले सहजिकरण गरेको सो बैठकमा प्लान ईन्टरनेशनल नेपालका सन्तोष पुलामिले प्रोटेक्ट परियोजना बाँकेका चार स्थानीय तहमा सञ्चालन भए पनि मानव बेचविखन बिरुद्धको अभियानको क्षेत्रमा क्रियाशिल सबै सरोकारवाला निकायबीचको समन्वयात्मक र पैरवी बैठक आवश्यक देखिएकोले कार्याक्रम आयोजना गरिएको बताए ।

उनले भने–‘यो बैठकले मानव बेचखिनको बिरुद्धमा क्रियाशिल रहेका सबै संघसस्थाबीच अनुभव साटासाट हुनुको साथै कार्य क्षेत्रमा भएका असहजतालाई सहज पार्न समेत सहयोग पुग्ने विश्वास छ ।’

कार्यक्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक डिल्लिबहादुर खड्काले मानव बेचविखनका मुद्दालाई कडिकडाउका साथै लैजाने र बेचविखनको जोखिम पहिचान गरी हुन नदिने भएमा दोषिलाई कारवाहीको दायरामा ल्याउनको लागि प्रहरी नागरिक समाज एकले अर्कोलाई सघाएर जानु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा हरेक महिनामा एक पटक अवस्थाको समिक्षा तथा कार्य प्रगतिको बारेमा छलफल गर्न, अन्तरदेसिय संवाद तथा अनुभव आदान प्रदान गर्न आवश्यक भएको सुझाव सहितको निश्कर्ष निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शिवशिखर सहकारीको एटिएम सेवा सञ्चालनमा

११ माघ २०७८, मंगलवार १७:४२
नेपालगञ्ज :  नेपालगञ्जको न्युरोडमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवा सञ्चालनमा ल्याएको छ । आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने र सरल सहज रुपमा वित्तिय सेवा उपलब्ध गराउने उदेश्यले सहकारीले एटिएम सेवा सञ्चालनमा ल्याएको दाबी गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमका अनुसार आफना सेवा केन्द्र रहेका सवै स्थानमा एटिएम […]

सम्बन्धित