अवैध हतियारसहित बर्दियामा भारतीय पक्राउ

१० कार्तिक २०७५, शनिबार १७:५१
 

सदरलाइनडटकम,
बढैयाताल (बर्दिया) : अवैध हतियारसहित बर्दियामा शनिवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । बढैयाताल गाँउपालिका वडा नं. ७ कण्ठपुर चोक नजिक अवैध हतियारसहित भारत जिल्ला बहराईच थाना मोतिपुर तहसिल नानपारा बलईगाँउ बस्ने जहरुद्दीन जागा पक्राउ परेका हुन् ।
उनलाई १ थान नलकटुवा पेस्तोल, १ राउण्ड गोली र १ थान ओपो मोवाईलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । प्रहरी निरीक्षक ओलीको नेतृत्वमा गएको टोलीले जागालाई शनिवार दिउँसो पक्राउ गरेको पत्रकार सम्मेलनमार्फत प्रहरीले बताएको छ ।
जागाले नलकटुवा पेस्तोल बिक्रि गर्न नेपाल ल्याएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओलीको भनाई छ ।

Next Post

युवालाई लक्षित गरी नेपालगञ्जमा प्राथमिक शिक्षा सञ्चालित

१० कार्तिक २०७५, शनिबार १७:५१
सदरलाइनडटकम, नेपालगञ्ज : युवालाई असल र चरित्रवान बनाउन नेपालगञ्जमा प्राथमिक शिक्षा वर्ग सञ्चालन गरिएको छ । हिन्दु स्वयमंसेवक संघ नेपाल नेपालगञ्जले बाँके, बर्दिया र सुर्खेतका ७२ जना युवालाई लक्षित गरेर शनिवारदेखि १६ गतेसम्म शिक्षा जागरण अभियान सञ्चालन गरेको हो । आवाससहितको प्रशिक्षणमा शारीरिक, बौद्धिक, मानसिक, धार्मिकलगायत सातवटा विषयमा बिभिन्न बिधिबाट दिक्षित […]