दिल्लीमा लकडाउनको तयारी : आजदेखि स्कुल र सरकारी कार्यालय बन्द

सदरलाइन संवाददाता २९ कार्तिक २०७८, सोमबार १३:१५
 

काठमाण्डौ : वायू प्रदूषणको अवस्था विकराल बनेपछि भारतको राजधानी दिल्लीमा लकडाउनको तयारी भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले राज्य सरकारले लकडाउन योजना बनाइरहेको जानकारी त्यहाँको उच्च अदालतलाई दिएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार मुख्यमन्त्री केजरीवालले दिल्लीमा बढिरहेको प्रदूषणलाई पूर्णरुपमा रोक्न लकडाउनको विकल्पमा अघि बढ्न सकिने जवाफ दिएका हुन् ।

भारतको सुप्रिम कोर्टले वायू प्रदूषणलाई तत्काल रोकथाम गर्ने योजना सोमबार पेश गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएको थियो । अदालत आफैले लकडाउन गर्न सुझाव समेत दिएको थियो ।


दिल्लीको वायुको गुणस्तरमा सोमबार केही सुधार आएको जनाइएको छ । गम्भीर श्रेणीबाट अति खराबको सूचीमा एक्युआइ आएको छ । दिल्लीको एक्युआइ आज ३३८ पीएम छ ।

एक्युआइ शून्यदेखि ५० को बीचमा रहनुलाई स्वस्थकर वायू मानिन्छ । सोमवारदेखि दिल्लीमा एकसातासम्म विद्यालय र सरकारी कार्यालय बन्द रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार १२ जनामा कोरोना पुष्टि, ३ डिस्चार्ज

२९ कार्तिक २०७८, सोमबार १३:१५
नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ४३ नमुना परीक्षण गर्दा ८, कोहलपुर मेडिकल कलेजमा २९ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा १२ नमुनाह परीक्षण गर्दा […]

सम्बन्धित