सदरलाइनडटकम,
अछाम : अछाममा सात बर्षीया किशोरी बलात्कृत भएकी छन् । कमलबजार नगरपालिकामा ती किशोरी बलात्कृत भएकी हुन् ।
कमलबजार नगरपालिका बस्ने १८ वर्षीय युवकले किशोरीलाई बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । असोज ३ गते जंगलमा गाई, बाख्रा चराउन गएकी ७ वर्षीया किशोरीलाई जंगलमै ती युवकले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको उनले जानकारी दिए ।
ती किशोरबाट अर्की १४ बर्षीया बालिकामाथि पनि बलात्कार प्रयास भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
