टिकट नपाउँदा नेपालगञ्ज विमानस्थलमा यात्रुहरु अलपत्र

३१ आश्विन २०७५, बुधबार १४:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हवाई टिकट नपाउँदा यात्रुहरु नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । यात्रुको चाप अत्याधिक बढेकोले तुलनात्मकरुपमा जहाजको उडान न्यून रहेको हुदाँ यात्रुहरु अलपत्र परेका हुन् ।
जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको आरोप छ । कर्णालीको जुम्ला, मुगु तथा सुदूरपश्चिमको बाजुरामा सडक यातायात पुगे पनि भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले हवाई यात्रा गर्न बाध्य छन् ।
टिकट वितरण व्यवस्थित नहुँदा प्रत्येक दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ । हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सर्वसाधारणको बिचल्ली भएको उनहीरुले गुनासो गरेका छन् ।
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडानभन्दा यात्रुको चाप धेरै भएको बताए । उनका अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन् ।


Next Post

सडक दुर्घटना हुँदा चितवनमा दुई जनाको मृत्यु, सात घाइते

३१ आश्विन २०७५, बुधबार १४:१०
सदरलाइनडटकम, चितवन : चितवनको कुरिनटारमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । चितवनबाट धादिङका लागि छुटेको बा १ घ ५६५ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको ग २ च १७ ५१ नम्बरको भ्यानलाई मनकामना केवलकारको गेटनजिकै ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो । […]