हातहतियार बुझाउन दाङ प्रशासनको आग्रह

सदरलाइन संवाददाता १२ चैत्र २०७८, शनिबार १३:०६
 

नेपालगञ्ज : आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विश्वसनीय, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दाङमा सम्बन्धित सबैसँग भएका वैध तथा अवैध हातहतियारलाई प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै वैध तथा अवैध हातहतियार बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो ।


लाइसेन्ससहितका हातहतियार र विना लाइसेन्सका हातहतियारहरुलाई यहीँ चैत्र अन्तिमसम्म बुझाउन आग्रह गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

लाइसेन्स भएर आफुसँग भएका र विना लाइसेन्स अवैध रुपमा राखिएका हतियारलाई आफ्नो नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने व्यवस्था मिलाइएको प्रजिअ रेग्मीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाले डुडुवामा बनायो साइकल ट्रेल

१२ चैत्र २०७८, शनिबार १३:०६
नेपालगञ्ज : नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझाले बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ५ मा रहेको बाबुकुवा सामुदायिक बनमा साइकल ट्रेल बनाइदिएको छ । नेपालगञ्ज साइक्लिङ ब्लब र बाँके जिल्ला साइक्लिङ संघको सहकार्यमा नेपाली सेनाले बनाइदिएको साइकल ट्रेलको शनिवार भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले उदघाटन गरे । […]