जातीय विभेद उन्मूलनका लागि अग्रपंक्तिमा रहने ढकालको प्रतिवद्धता

सदरलाइन संवाददाता १६ कार्तिक २०७९, बुधबार १५:२३
 

कोहलपुर (बाँके) : नेकपा एमाले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले जातीय विभेद उन्मूलनको लागि आफू सदैव अग्रपङ्तिमा रहने प्रतिवद्धता जनाएका छन् ।

बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगरस्तरीय भेलामा दलितको समस्या र चुनौतीहरुसँग आफू नजिक रहेको बताउँदै उनले दलितका समस्या समाधानका लागि सदैव अग्र मोर्चामा आफू निरन्तर लागिरहने बताए ।

उनले जातीय विभेदको मूल जरो समाजभन्दा पनि राजनीतिसँग जोडिएको हुँदा राजनीतिक रूपले समाजमा कानुनमा भएका व्यवस्थामार्फत जनजागरण ल्याउने, चेतना ल्याउने, नबुझेका मानिसलाई सम्झाउन सक्ने र समाज धर्मसापेक्ष भएको हुनाले धार्मिक अगुवा र गुरूहरूलाई परिचालन गरेर पनि जातीय विभेद अन्त्य गर्न लागिपर्ने उल्लेख गरे ।

समाजमा रहेका सचेत व्यक्तिमार्फत जातीय विभेदका घटनामा उजुरी गर्ने र त्यसको समस्या समाधान गर्न निरन्तर लाग्ने बताउँदै उनले समाजमा विभेदमा रहेका व्यक्तिहरूका पक्षमा बोल्ने, कानुनी लडाई लड्ने र पीडकहरूलाई सजाय दिने कार्यमा आफू कहिले नझुक्ने प्रष्ट पारे ।


प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गाप्रसाद चौधरीले जातीय विभेद अन्त्यका लागि पीडित व्यक्तिहरूको न्यायका निम्ति राज्यका निकायहरूमा पहल र वकालत गर्न आवश्यक रहेको बताउदै शिक्षा पनि जातीय विभेदको एक कारक भएको हुनाले दलित लगायत पछाडि पारिएका समुदायलाई शिक्षामा सहज पहुँच पुर्याउन आफ्नो अतुलनीय भूमिका रहने बताए ।

कार्यक्रममा प्रदेश तर्फका समानुपातिक उम्मेदवार बसन्ती अधिकारी, निर्मला सुनार लगायतका एमाले नेताहरुले जातीय विभेद अन्त्यका लागि संविधान र कानुनमा रहेका कुरा कार्यान्वयन हुन् जरुरी रहेको कुरा बताएका छन् । उनीहरुले जातीय विभेद अन्त्यका लागि दलित र गैर–दलित समुदायको अवाज एक हुन् जरुरी रहेको समेत बताए ।

कार्यक्रममा गन्धर्व समुदायको तर्फबाट निर्वाचन केन्द्रित गितसमेत प्रस्तुत गरिएको थियो । गितमा आफ्ना समस्या अनि उम्मेदवारको लागि मतदान आह्वान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा गठबन्धनको घरदैलो अभियान शुरु

१६ कार्तिक २०७९, बुधबार १५:२३
कोहलपुर (बाँके) : पाँच दलिय बाम–लोकतान्त्रिक गठबन्धनले कोहलपुरबाट घरदैलो अभियान शुरु गरेको छ । अभियानको पहिलो दिन बिहीबार कोहलपुर नगरपालिका वडा नं. २ मा घरदैलो गरिएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ अन्तर्गत गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) का उम्मेदवार […]