बिभिन्न जिल्लामा चार जनाको शव भेटियो

२२ आश्विन २०७५, सोमबार १४:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : बिभिन्न जिल्लामा चार जना मृत अवस्थामा भेटिएका छन् । दाङ, प्युठान र ललितपुरमा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
दाङ घोराही उपमहानगरपालिका १६ बाहुन डाँडा बस्ने ५० बर्षीय झुपलाल ओली आफ्नै घरमा मादक पदार्थ सेवन गरी सुतेकोमा मृत अवस्थामा फेला परेका छन् । यस्तै प्युठान नौबहिनी गाउँपालिका ४ खबाङ बस्ने ६० बर्षीय टेकमान गिरी सोही ठाउँस्थित जंगलमा घाँस काट्न जान्छु भनी घरबाट निस्केकोमा घरदेखि करीब २ किलोमिटर टाढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
उता ललितपुर महानगरपालिका १७ ग्वार्कोस्थित प्रतिाालयमा करिब ३५ वर्षीय व्यक्ति सोमवार बिहान मृत अवस्थामा भेटिएका छन् । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । यसैगरी ललितपुर महानगरपालिका ९ च्यासलस्थित महानगर यातायातको बसपार्कमा पुरुष जातको नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको छ ।

Next Post

चौबिस घण्टा बित्दासमेत महिलाको शरिरबाट निस्केन सरिया

२२ आश्विन २०७५, सोमबार १४:४४
सदरलाइनडटकम, दाङ : दाङको घोराहीमा आईतवार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा महिलाको शरीरमा पसेको तीन वटा फलामे सरिया २४ घण्टा वित्दासमेत निकाल्न सकिएको छैन् । मोटरसाईकलको ठक्करबाट घोराही उपमहानगरपालिका ३ झिङनी बस्ने तिला परियारको शरीरमा तीन वटा सरिया गाडिएको थियो । मोटरसाईकलले ठक्कर दिएपछि परियार उछिट्टिएर ट्रयाक्टरमा लोड भएको सरियामा पर्दा ढाडबाट […]