ढिस्कोले पुरिएर दाङमा एकै घरका तीनको मृत्यु

१३ आश्विन २०७५, शनिबार १७:४४
 

सदरलाइनडटकम,
दाङ : माटोको ढिस्कोले पुरिएर शनिवार दाङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ दोलाई खोला निवासी ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीना चौधरी र १२ वर्षीया रोजिना चौधरीको ढिस्कोले पुरिँदा मृत्यु भएको हो ।
दशैँमा घर लिप्ने माटो खन्न गएका उनीहरू माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले मृतक तीनै जना एउटै घर परिवारका भएको बताए । श्यामकुमारी र मीना नन्दभाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जनाएको छ ।

Next Post

यू १९ एशिया कपमा नेपाल १७१ रनले पराजित

१३ आश्विन २०७५, शनिबार १७:४४
सदरलाइनडटकम, काठमाण्डौ : बंगलादेशमा जारी यू–१९ एशिया कपअन्तर्गत उद्घाटन खेलमा नेपाल पराजित भएको छ । निर्धारित ५० ओभरको खेलमा भारतले ९ विकेटको क्षतिमा ३०४ रन बनायो । ३०५ रनका लागि जवाफी ब्याटिङ गरेको नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन बनाउँदै अल आउट भएपछि १७१ रनअन्तरले पाजित भएको हो । नेपालले […]

सम्बन्धित