डोजरले किच्दा जाजरकोटमा बालकको मृत्यु

१२ आश्विन २०७५, शुक्रबार १४:४०
 

सदरलाइनडटकम,
जाजरकोट : डोजरले किच्दा जाजरकोटमा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा २ टालेगाउँमा डोजरले किच्दा कर्णवहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो ।
सडक मर्मत गरिरहेको डोजर बिहीवार बेलुका टालेगाउँ फर्कने क्रममा बालकलाई कुल्चिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्रजीत सुनारले बताए ।

Next Post

अपराध नियन्त्रण गर्न महिला नेतृको माग

१२ आश्विन २०७५, शुक्रबार १४:४०
सदरलाइनडटकम, काठमाण्डौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतृहरूले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महिला नेतृहरूले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना हुनै […]