सदरलाइनडटकम,
जाजरकोट : डोजरले किच्दा जाजरकोटमा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका वडा २ टालेगाउँमा डोजरले किच्दा कर्णवहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो ।
सडक मर्मत गरिरहेको डोजर बिहीवार बेलुका टालेगाउँ फर्कने क्रममा बालकलाई कुल्चिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्द्रजीत सुनारले बताए ।
