बाँकेमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ९० प्रतिशत योजना सम्पन्न

६ श्रावण २०७४, शुक्रबार १८:५०
 

सिराज खान / सदरलाइन 
६ साउन, नेपालगन्ज : बाँके जिल्लामा गत आर्थिक बर्षमा संचालन गरिएका निर्वाचन क्षेत्र बिशेष पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका २ सय ८२ वटा योजना मध्ये ९० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् ।
सम्पन्न हुन बाँकी रहेका १० प्रतिशत योजनाहरुको समेत ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भैसकेको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्यक्ष र समानुपातिक गरी बाँकेका १२ जना र एक जना बिरगन्जका सांसद गरी १३ जना सांसदद्धारा संचालन गरिएका १ सय ९४ वटा योजना र ४ जना प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्र विकास पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत ८८ वटा योजना गरी कुल २ सय ८२ वटा योजना बाँकेमा संचालन गरिएको जिल्ला समन्वय समिति बाँकेका संयोजक हरी प्याकुरेलले जानकारी दिए ।
संयोजक प्याकुरेलका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १३ जना सांसदको जनही ५० लाखका दरले ६ करोड ५० लाख र निर्वाचन क्षत्रे बिशेष पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत ४ जना प्रत्यक्ष सांसदको जनही ३ करोडको दरले १२ करोड गरी कुल १८ करोड ५० लाख बजेटमा २ सय ८२ वटा योजनाहरु संचालन गरिएका थिए ।
जिल्लामा संचालन गरिएका निर्वाचन क्षेत्र सम्बन्धी योजनाहरु मध्ये पहिलो पटक ९० प्रतिशत भन्दा बढी योजनाहरु पुरा भएको र बाँकी रहेका योजनाहरुको पनि धेरै काम भैसकेको जनाउँदै जिल्ला समन्वय समिति बाँकेका संयोजक प्याकुरेलले यो कार्य सबैको सहयोग र समर्थनबाट मात्र सम्भव भएको बताए ।
निर्वाचन क्षत्रे बिशेष पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ मा २३ वटा, निर्वाचन क्षेत्र नम्बर २ मा १७ वटा, निर्वाचन क्षेत्र नम्बर ३ मा २४ वटा र निर्वाचन क्षेत्र नम्बर ४ मा २४ वटा बिभिन्न योजनाहरु संचालन गरिएका थिए ।
यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सासंदहरु देवराज भारले १४, दिनेशचन्द्र यादवले २०, दलबहादुर सनारले २०, आशा विकले १८, साविया प्रविनले १७, सर्वतआरा खानमले १४, अब्दुल हमीद सिद्दिकीले १०, गिता सिंहले १४, मैकुलाल बालमिकीले २०, अन्जना चौधरीले ११, बादशाह कुर्मीले २०, गौरा प्रसाईले १५ र राजकुमार अग्रवालले एउटा योजना संचालन गरेका थिए ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र बिशेष पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत जिल्लामा संचालन गरिएका योजनाहरुमा बाटो ग्राभेल, माटो पटान, कल्भर्ट निर्माण, सडक पिच, मन्दिर, बिद्यालय, मस्जिद, कब्रस्तान, शमसानघाटको मर्मत सम्भार तथा निर्माणका योजनाहरु धेरै रहेको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले जानकारी दिए ।
निर्वाचन क्षेत्र बिशेष पूर्वाधार क्षेत्र कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर १, ३ र ४ मा ९० प्रतिशत बढी योजनाहरु सम्पन्न भएको र क्षेत्रनम्बर २ मा ७६ प्रतिशत योजनाहरु सम्पन्न भएको आर्थिक खर्चको प्रगतिबाट थाहा भएको जिल्ला समन्वय समिति बाँकेका आन्तरिक लेखा परिक्षण अधिकृत खिमानन्द अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केएल दुगडको गोदाममा भिषण आगलागी नियन्त्रणको प्रयास जारी

६ श्रावण २०७४, शुक्रबार १८:५०
सदरलाइनडटकम   ७ साउन, नेपालगन्ज : नेपालगन्ज– १८ को भुजई गाउमा रहेको केएल दुगड समुहको खाद्य गोदाममा भिषण आगलागि भएको छ । शनिबार दिउसो करिब ३ बजेदेखि सुरु भएको सो आगलागी साँझ साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । सोयाबिन तेल, बनस्पति घिउ र गहुँ भण्डारण गरिएको सो […]

सम्बन्धित