उद्यमी महिलालाई १५ लाखसम्म सहुलियत ऋण

८ आश्विन २०७५, सोमबार १०:४२
 

सदरलाइनडटकम,
काठमाण्डौ : महिला उद्यमीलाई सरकारले सहुलियत ऋण उपलब्ध गराउने भएको छ । महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रमअन्तर्गत आएको सहुलियत ऋण कार्यक्रम लागु गरिएको छ ।
अर्थ मन्त्रालयले ल्याएको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यिवधिले महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको हो ।
कार्यविधिअनुसार १८ वर्ष पुरा भएको महिलाले व्यक्तिगत वा सामूहिक रुपमा व्यवसाय गर्न चाहेमा परियोजना धितो राखेर १५ लाख रुपैयाँसम्म ऋण पाउने छन् । यसरी दिइने ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिर्ने छ भने बाँकी ऋणी आफैले तिर्नुपर्ने हुन्छ ।
ऋण लिनका लागि दर्ता भएको परियोजनाको विवरण, स्थायी लेखा नम्बर, सञ्चालकहरुको विवरणसहितको कागजपत्र पेश गर्नुपर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थामा ऋणका लागि आवेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत हुने बताइएको छ । यदि ऋण स्वीकृत नभएमा कारणसहित आवेदकलाई बैंकले जानकारी गराउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

Next Post

वर्षा र सहकालका देवताको पूजा गरि इन्द्रजात्रा मनाईंदै

८ आश्विन २०७५, सोमबार १०:४२
सदरलाइनडटकम, काठमाण्डौ : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा पर्व सोमवार मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आजाका साथ परम्परागतरुपमा यो पर्व काठमाण्डौ उपत्यकालगायत मुलुकको अन्य केहि स्थानमासमेत मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाईन्छ । […]