निर्मलाको अपराधी पत्ता लगाई छाड्ने प्रधानमन्त्रीको दृढता

१ आश्विन २०७५, सोमबार १४:५३
 
File Photo

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्या छानबीनका लागि खटिएका सुरक्षाकर्मीप्रतिनै अविश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निर्मलाका बाबु–आमासँगको भेटमा उनले स्थानीय सुरक्षा निकायको छानविन त्रुटीपूर्ण भएकाले केहीलाई निलम्बन गरिएको र नयाँ छानविन समिति बनाएर अनुसन्धान थालिएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले प्रहरीको व्यवहार त्रुटिपूर्णमात्र नभई बदमासीपूर्ण भएको बताए । स्थानीय सुरक्षाकर्मीबाट त्रुटीपूर्ण काम भएको भन्दै उनले आफूलाई शंका लागेको जिकिर गरे ।


जघन्य अपराधमा कसैलाई बचाउने ठाउँनै नरहेको भन्दै प्रधानमन्त्री ओलीले छानविन भइरहेकाले अपराधी नउम्कियोस् र निर्दोषले सजाय नपाओस् भनेर सरकार सचेत रहेको स्पष्ट पारे । सबै प्रमाण नष्ट नभएपनि अपराधी पत्ता लगाएरै छाड्ने दृढता व्यक्त गर्दै उनले अपराधी छुट पाए राज्य कमजोर भई अपराधीको मनोबल बढ्नेतर्फ आफु सचेत रहेको बताए ।
अपराधी जुनसकै दल र पदमा रहेपनि कानूनी दायरामा ल्याउन आफूले निर्देशन दिएको बताउँदै प्रधानमन्त्री ओलीले नारा जुलुश गरेर घटनालाई उचालेको प्रति असन्तुष्टि जनाए । हत्यारा पहिचान गर्न ढिलाइ भएको स्वीकार्दै उनले छानबीन भइरहेकाले अपराधी छिट्ट पत्ता लाग्ने बताए ।

Next Post

मनिहारको नेतृत्वमा मुसबेटवा बाबा

१ आश्विन २०७५, सोमबार १४:५३
सदरलाइनडटकम, खजुरा (बाँके) : हिन्दु तथा इस्लाम धर्मावलम्बीहरुको धार्मिकस्थलका रुपमा परिचित बाँकेको खजुरास्थित मुसबेटवा बाबा ब्यवस्थापन समितिको अध्यक्षमा कलामुद्दिन मनिहार चयन भएका छन् । समितिका संरक्षक एवं खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकबीर सुनारको उपस्थितिमा ११ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा उमेद अलि शेख, सचिवमा देवराम […]