यु–१९ क्रिकेटमा नेपाल ४१ रनले पराजित

२७ भाद्र २०७५, बुधबार १८:२८
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय एनसीए यू–१९ टोलीसँग नेपाली यु–१९ क्रिकेट टीम ४१ रनले पराजित भएको छ । नेपालले टस जितेर बलिङ गरेको नेपालले १६२ रनको लक्ष्य पच्छ्याएकोमा ४१ ओभर मै अलआउट भएर पराजित भएको हो ।
४१ ओभरसम्म नेपालले १२१ रन मात्रै बनाउन सक्यो । नेपालका तर्फबाट भीम सार्कीले ३०, कमलसिंह ऐरीले २२ र कप्तान आरिफ शेखले १७ रन बनाए पनि अन्य खेलाडीले दोहोर अंक जोड्न नसकेपछि नेपाल पराजित भएको हो ।
नेपाललाई पराजित गर्ने क्रममा भारतका दुई खेलाडीले ३/३ विकेट लिएका थिए । आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले अहिले भारतको यू–१९ बीसँग खेलिरहेको छ । चाचार टिम सहभागी हुने खेलमा सबैले एकअर्काविरुद्ध खेल्नेछन् । भारतको यू–१९ ए र बी टिमसहित नेपाल र अफगानिस्तानमा यू–१९ टिम सहभागी छन् ।
दोस्रो खेल शुक्रबार भारतको यु–१९ ए टोलीसँग खेल्ने छ भने असोज ३१ गते अफगानिस्तान यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । विनोद दासको प्रशिक्षणमा रहेको टोलीमा कप्तान मोहम्मद आसिफ शेख, ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा सहभागी छन् ।

Next Post

९० का लागे पन्ना चाचा

२७ भाद्र २०७५, बुधबार १८:२८
सदरलाइनडटकम  नेपालगञ्ज  : नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचाजी’ ९० औं जन्मदिन मनाईएको छ । उनकै घरमा कार्यक्रमको आयोजना गरी ९० औं जन्मदिन मनाईएको हो । नेपाल प्रेस युनियन बाँके र उनको परिवारको संयोजनमा चाचाजीलाई शुभकामना दिन पत्रकारहरु, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, […]

सम्बन्धित