भगवान शिवको उपासना गरी बुधवार तीज मनाईंदै

२७ भाद्र २०७५, बुधबार १४:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बुधवार नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । नेपालगञ्जको बागेश्वरी मन्दिर, काठमाण्डौको पशुपतिनाथ, जनकपुरको जलेश्वर महादेव, कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथबाबा मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन महिलाको घुईंचो लागेको छ । बागेश्वरी मन्दिरमा ब्रतालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । नाचगान गर्दै रमाइलो गर्ने ब्रतालु महिलाहरुसँगै पुरुष भक्तजनको पनि उल्लेख उपस्थिती रहेको छ ।
तीजका दिन व्रत बसी शिवपार्वतीको पूजा अर्चना गरेमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । मंगलवार राति व्रतालुले मीठा एवं दरिला परिकार दरका रुपमा खाएर बुधवारको व्रतका लागि पूर्वतयारी गरेका थिए । विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफुलाई परेका दुःख, पीर, मर्का पोख्ने पर्वका रुपमासमेत तीजलाई लिने गर्दछन् ।
बाँके बन्यो तीजमय
हरितालिका तीजका अवसरमा बाँके जिल्ला तीजमय बनेको छ । नेपाली महिलाको महान चाड तीजका अवसरमा बाँकेको विभिन्न ठाउँमा तीज महोत्सवलगायतका कार्यक्रमसमेत आयोजना गरिएका छन् । खजुरामा आयोजित तीज महोत्सवलाई अवलोकन गर्न बाँकेलगायत आसपास क्षेत्र मानिस पुगेका छन् । खजुरामा जारी महोत्सवमा तीज गीतका साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिँदैछ । यस्तै नेपालगञ्ज, कोहलपुरलगायतका आसपास गाउँठाउँमा समेत तीजको नाचगान भईरहेको छ ।
तीजका नाममा तडकभडक बढ्दै
पछिल्लो समय तीजका नाममा उच्छृंखलता र तडकभडक बढ्दै गएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा फैलाउन खोजेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डाक्टर गोविन्द टण्डन बताउँछन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनु पर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीले जोड दिएका छन् ।
तीजलाई भड्किलो र खर्चिलो नबनाउन प्रधानमन्त्रीको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीले तीज भड्किलो र खर्चिलो भएको भन्दै यसको मौलिकता जोगाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् । तीजका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वको मौलिकतालाई बिर्सेर यसलाई भड्किलो र खर्चिलो नबनाउन सुझाव दिए ।
प्रधानमन्त्री ओलीले तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडी बढ्न प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे । बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले देशलाई एकताको सूत्रमा बाँध्ने भन्दै उनले यस्ता पर्वहरुको संरक्षण गर्नुपर्ने बताए ।

Next Post

अफगानिस्तानमा बम बिस्फोटमा मृतकको संख्या ६८ पुग्यो

२७ भाद्र २०७५, बुधबार १४:४८
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानमा प्रदर्शनकारीलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा मृतकको संख्या ६८ पुगेको छ भने १ सय ६५ जना घाइते भएको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै जाँदा अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृंखलामा वृद्धि भएको छ । नानघहार प्रान्तको पूर्वी क्षेत्रमा गरिएको विस्फोटमा यो वर्षकै घातक […]

ताजा अपडेट