कर्णाली करिडोरमा टिपर दुर्घटना ३४ को जीवितै उद्धार, २ को मृत्यु, ३ वेपत्ता

२८ जेष्ठ २०७७, बुधबार १६:१०
 

सदरलाइनडटकम,
कालिकोट :  कालिकोटको कर्णाली करिडोर अन्तरगतको लालिघाटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु हुनुको साथै ३ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर करिडोरको लालिघाट नजिकै कर्णाली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३४ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका ३४ जना मध्य चार जनाको अवस्था गम्भीर र बाँकिको स्वास्थ्य अवस्था केहिको सामान्य रहेको प्रहरी प्रमुख श्यामबावु वलियाले बताए । नगरपालिकाका नागरिक भारत र रामेछाप जिल्लाबाट आएका क्वारेन्टिनमा राख्नका लागि रास्कोट लिएर जादै थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा राष्कोट नगरपालिका २ कि २३ वर्षिय शर्मिला सार्की, २१ वर्षिय ठम्मी सार्की रहेका छन् उनिहरुको शव भेटिएको छ ।


यसैगरी टिप्पर दुर्घटनामा घाइते हुनेमा राष्कोट नगरपालिका २ का अनिता सार्की, गोविन्द सार्की, कमला सार्की, निल सार्की, विवेक चौधरी, देवराज सार्की, अनिता सार्की, मिन सार्की र गोपाल सार्की रहेका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल मान्ममा पुराईएको छ । भने गम्भीर घाइते चार जनालाई हेलिकप्टर मार्फत उद्धार गरि सुर्खेत लगिएको छ ।

वेपत्ताहरुको खोजि कार्यका लागि कालिकोट जिल्लास्थित नेपाली सेना, जिल्ला प्रहरी लगायतका अन्य निकाय लागी परेका छन । ३९ जना आजै राष्कोट जाने भनिए पनि उक्त टिप्परमा केहि मान्छेहरु टिप्परमा चढेर पनि विचैमा झरेका वुझीन आएको छ । बिश्वनाथ सिंखडाको सहयोगमा

Next Post

नरैनापुरको क्वारेन्टाईनमा आयुर्वेदद्वारा शक्तिबद्र्धक औषधि बितरण

२८ जेष्ठ २०७७, बुधबार १६:१०
सदरलाइनडटकम, नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउपालिकामा रहेका क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई शक्तिबद्र्धक औषधि बितरण गरिएको छ । प्रदेश ५ मा सो निर्वाचन क्षेत्रबाट निर्बाचित कृष्णा केसी नमुनाको प्रमुख आथित्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेले नरैनापुर गाउँपालिका क्वारेन्टाइनमा बसेकालाई शक्तिबद्र्धक औषधि बितरण गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख […]