गुल्मेली समाजको तीज विशेष कार्यक्रम हुने

२० भाद्र २०७५, बुधबार १९:५५
 

सदरलाइनडटकम,
नेपालगन्ज  : गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले आगामी शनिवार तीजगीत नृत्य प्रतियोगिता गर्ने भएको छ । समितिको बुधवार बसेको वैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति बनाई कामको बाँडफाँड गरिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए ।
तीजको अवसरमा तीजगीत तथा नृत्यको साथै दरखाने र एसईई परीक्षामा गुल्मेली बन्धुहरु माझ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल १ जना छात्र र १ जना छात्रालाई पुरस्कृत गर्ने कार्यक्रम समेत तय भएको अध्यक्ष काफ्लेले बताए ।
सुर्खेतरोडस्थित होटल इन्द्रेणीमा हुने तीजगीत प्रतियोगितामा तीजको मौलिक संस्कृति झल्किने गीत प्रस्तुत हुने अपेक्षा राखेको गुल्मेली समाज सेवा समिति बाँकेका सचिव भीम कँडेलले जानकारी दिए। कार्यक्रममा प्रदेश, स्थानीय तह र विभिन्न सामाजिक संस्थाको नेतृत्वमा पुगेका गुल्मेलीलाई सम्मान समेत गरिने सचिव कँडेलले बताए ।

Next Post

वडा बाल संरक्षण समितिको पुनरगठनसंगै कोषमा सहयोग

२० भाद्र २०७५, बुधबार १९:५५
सदरलाइनडटकम  नेपालगन्ज  : नेपालगन्ज उप–महानगर–२ मा बालमैत्री अभियानलाई तीव्र पार्ने उदेश्यले सो बैठकले वडा बालसंरक्षण समितिको पुनरगठन गर्नुको साथै बाल राहत कोषमा २५ हजार गरिएको छ । वडा अध्यक्ष सुनिल सिंह हामलको उपस्थितिमा जगदिश चन्द्र बाल्मिकीको संयोजकत्वमा पुनरगठन गरिएको ९ सदस्यीय समितिका सदस्यहरुमा वडा सदस्य रामकुमार वैश्य, गिता राना, नुरजहाँ राई, […]