सदरलाइनडटकम,
बुटवल : पाँच नं. प्रदेशका सबै स्थानीय तहमा खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । खेलकुदको विकास र सार्वजनिक जग्गाको अतिक्रमण रोक्न प्रदेश सरकारले ‘एक पालिका एक खेल मैदान’ कार्यक्रमअन्तर्गत ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको हो ।
उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए । उनले प्रदेश ५ को १ सय ९ वटै स्थानीय तहका लागि बजेट बिनियोजन गरिएको जानकारी दिए ।
मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको छलफलबाट ‘एक पालिका, एक खेल मैदान’को ‘कन्सेप्ट’ आएको भन्दै सचिव गौतमले अधिकांश स्थानीय तहले गाउँ र नगरसभाबाट पारित गरी खेल मैदानका लागि जग्गा छनोट र निर्माण प्रक्रिया अघि बढाएको बताए ।
Next Post
लोकप्रियको रक्तदानमा ३८ जनाले गरे रक्तदान
२० भाद्र २०७५, बुधबार १८:५६
सम्बन्धित
-
८ मंसिर २०७३, बुधबार १३:३६
भेरी स्कुल र मध्यपश्चिम क्लब बिजयी
-
१२ पुष २०७६, शनिबार १६:००
पीपीएल उपाधि माथि चितवनको कब्जा
-
८ मंसिर २०७४, शुक्रबार १८:४१
प्रथम नगरसभा सम्पन्न, नमूना शहर बनाउने लक्ष्यसहित पौने ३ अर्ब वजेट प्रस्तुत
-
२२ असार २०७६, आईतवार १७:३८
वडास्तरीय फुटबलको उपाधी तुलसीपुर ११ लाई
-
२७ श्रावण २०७९, शुक्रबार १७:१२
कर्णाली प्रदेश–स्तरीय वार्षिक प्रगती समिक्षा तथा योजना प्रस्तुती बैठक सम्पन्न
-
८ असार २०७७, सोमबार १८:३८
डुडुवाको कार्यालय भवन निमार्ण शुरु