सदरलाइनडटकम
नेपालगन्ज : नेपालगन्जबाट प्रकाशन हुँदै आएको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले स्थापनाको आठौ वर्ष प्रवेशसंगै सुरु गरेको रक्तदान कार्यक्रमको देस्रो श्रृंखला बुधबार आयोजना गरिएको छ । सो कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
बुधबारको रक्तदान कार्यक्रममा प्रकाशक÷सम्पादक गोविन्द शर्मा, प्रबन्ध निर्देशक आकाश देवकोटा, उप–सम्पादक बिनोद भट्टराई, संवाददाता दिनेश ठाकुर, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब सचिव राकेश मिश्रा, निजामती कर्मचारी संगठनका पुर्ब केन्द्रीय प्रतिनिधी केशब पौडेल, विद्यार्थी नेता गोकर्ण न्यौपाने, पत्रकार पवन जायसवाल, युवा व्यवसायी निर्मल बटाला लगायतले रक्तदान गरे ।
यसैगरी गमबहादुर थापा, ऐनबहादुर बोहरा, अग्नीराज सिंह, मिनबहादुर गुरुङ, ओमकार पाल, मनोज थारु, सोहनलाल बस्याल, जंगु बर्मा, हर्कबहादुर गुरुङ, कृष्ण शर्मा, दिनेश चौधरी, गोपी बैश्य, कालीराम रम्तेल, दिनेशकुमार धौम, जगत कुर्मी, साजन क्षेत्री, बलबहादुर विक, मदन नेपाली, अनिल ठकुल्ला, अडिट थारु, गौतम श्रेष्ठ, कपिल साउद, गोँधबी चौधरी, सुरेश गुप्ता, गोपाल जोशी, पवन, साजन घर्तीले रक्तदान गरेका थिए ।
कार्यक्रममा ऐक्यवद्धता जनाउन नेपालगन्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, खजूरा गाउँपालिका १ का अध्यक्ष सुमन मल्ल, जिल्ला समन्वय समिति बाँकेका अधिकृत मिनबहादुर मल्ल सशस्त्र प्रहरीको ५ नम्बर प्रदेश कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक सुरेश गुरुङ, सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकरनाथ शुक्ल लगायत पुगेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्रका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मी लगायतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रम संयोजक लोकप्रिय सन्देशका संवाददाता दिनेश ठाकुरका अनुसार ३ महिना अघि भएको रक्तदानमा ६२ जनाले रक्तदान गरेका थिए ।
लोकप्रिय सन्देशले छैठौ बर्ष प्रवेशको अवसर पारेर जेठ महिनादेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको हो । बाँके युनेस्को क्लब र हिमालय साईकल स्टोर्सले रक्तदानका लागि सहयोग गरेका थिए ।