‘मेरी मामू’ ले बाजी मार्ला ?

१४ भाद्र २०७५, बिहीबार १८:०५
 

काठमाडौं, आउँदो शुक्रवार अर्थात् भोलिबाट यम थापा निर्देशित चलचित्र ‘मेरी मामू’ रिलिज हुँदैछ । फिल्म युनिट यतिबेला देशका विभिन्न स्कूल र स्थानमा पुगेर अन्तर्क्रिया गरिरहेको छ । फिल्ममार्फत सन्तोष सेनले आफ्ना छोरा आयुब सेनलाई डेब्यु गराउँदैछन् ।

फस्ट लूक सार्वजनिक भएसँगै चर्चामा रहँदै आएको यो फिल्म एक आमा छोराको कथामा निर्माण गरिएको फिल्म भनिएको छ । चलचित्रमा लेखन तथा निर्देशन यम थापाको छ भने सन्तोष सेनले निर्माण गरेका छन् ।

थापाले यसअघि ‘राज्जारानी’ निर्देशन गरेका थिए । यता सन्तोष सेनले चंखे शंखे पंखे, प्रेम गीत र प्रेम गीत २ निर्माण गरेका थिए ।


आयुबसँगै कुसुम गुरुङको पनि यतिबेला चर्चा छ । फिल्ममा सारुक ताम्राकार, अश्लेषा ठकुरी, भुवन चन्द, दुर्गा मल्ल लगायतले समेत अभिनय गरेका छन् ।

फरक स्वादको भनिएको यो फिल्मले दर्शकको ध्यान खिच्नेछ भन्नेमा निर्माण टिम ढुक्क छ र त्यही अनुसार आफ्ना टार्गेट अडियन्समाझ फिल्मले प्रचार पनि गरेको छ ।

आयुब सेनको अभिनयको रिलिजअघि त राम्रै चर्चा भएको छ । तर, फिल्म कस्तो बनेको छ र अडियन्सले रुचाउनेछन् या छैनन् भन्ने अब केही दिनमै थाहा होला । फिल्मको प्रचार हुनु तर फिल्म नचल्नु त नेपाली फिल्मको विशेषता जस्तै भइसक्यो ।

Next Post

पूजा शर्माको चाहनाः एक्लै दौडिने, आफै फस्ट हुने

१४ भाद्र २०७५, बिहीबार १८:०५
काठमाडौं, केही वर्षयता हेर्‍यो भने नेपाली चलचित्रको बजार खासै प्रभावकारी छैन । यो सत्य हो । राम्रा भनिएका फिल्म पनि फ्लप भइरहेका छन् । सर्वाधिक लोकप्रिय भनेका कलाकारका फिल्मले पनि हावा खाएका छन् । यही मेलोमा चलचित्र ‘रामकहानी’ रिलिजको तयारीमा छ । ६ महिनाअघि नै रिलिज हुने घोषणा भएको यो […]

सम्बन्धित