पूजा शर्माको चाहनाः एक्लै दौडिने, आफै फस्ट हुने

१४ भाद्र २०७५, बिहीबार १८:०७
 

काठमाडौं, केही वर्षयता हेर्‍यो भने नेपाली चलचित्रको बजार खासै प्रभावकारी छैन । यो सत्य हो । राम्रा भनिएका फिल्म पनि फ्लप भइरहेका छन् । सर्वाधिक लोकप्रिय भनेका कलाकारका फिल्मले पनि हावा खाएका छन् ।

यही मेलोमा चलचित्र ‘रामकहानी’ रिलिजको तयारीमा छ । ६ महिनाअघि नै रिलिज हुने घोषणा भएको यो फिल्मले केही दिनअघि मात्रै ट्रेलर सार्वजनिक गरेको थियो । अब फिल्म टीमले अहिले प्रचारमा ध्यान दिएको छ ।

सुदर्शन थापाले निर्देशन गरेको यो फिल्म खासमा चल्छ भन्नेमा धेरैलाई विश्वास छ । किनकि, थापाले यसअघि निर्देशन गरेका केही फिल्म सफल पनि भएका छन् र उनले आफूलाई फिल्ममेकरका रुपमा चिनाएका छन् ।

तर पूजा शर्मा? उनी सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेर आफ्नो फिल्मसँग प्रदीप खड्काको फिल्म ‘रोजी’ जुधाउन लागेको भन्दै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलमाथि खनिएकी छिन् । यसरी खनिनुको कारण के देखिन्छ भने, उनी यो फिल्म एक्लै रिलिज होस् भन्ने चाहन्छिन् । फिल्म राम्रो छ भने अरु फिल्मले खास असर पार्ने कुरै भएन ।


किनकि एउटै मितिमा २ फिल्म रिलिज हुनु नेपाली फिल्म उद्योगका लागि नौलो भएन, बरु फिल्म एक्लै रिलिज हुँदा अचम्म लाग्ने अवस्था आइसक्यो ।

यस्तो परिवेशमा पूजाले किन यस्तो उग्र स्टाटस लेखिन्? फिल्म जुध्नु त सामान्य नै हो तर पूजाको यो स्टाटसमा डरको रंग पनि देखिएको छ ।

अर्कातिर उनी एउटा मितिमा आफ्नो मात्र फिल्म रिलिज होस् भन्ने चाहन्छिन् । यसरी एक्लै दौडिने र एक्लै फस्ट हुने पूजाको नीतिले उनलाई त फाइदा गर्छ ।

तर बोर्ड अध्यक्षले यदि पूजा शर्माका लागि ‘रामकहानी’ सँग अरु कुनै फिल्म नजुधाएझैँ, सबै फिल्म सोलो रिलिज गर्ने हो भने त यहाँ निर्माण भएका फिल्म पनि प्रदर्शन हुन पाउँदैनन् । कि त, हरेक शुक्रवार हैन, अरु दिन पनि फिल्म रिलिजको मेसो मिलाउनु प–यो ।

Next Post

‘महाभारत’ का लागि आमिरले चुने प्रभास, हिरोइन पनि फाइनल

१४ भाद्र २०७५, बिहीबार १८:०७
मुम्बई – आमिर खानको ड्रिम प्रोजेक्ट ‘महाभारत’ को पछिल्लो समय चर्चामा छ । एउटा फिल्ममा महाभारतको पूरै भागलाई समेट्न निकै गाह्रो छ । त्यसैले आमिरले महाभारतको कथालाई तीन भागमा निर्माण गर्दैछन् । आमिर निकट सूत्रले फिल्मका बारेमा केही जानकारी बाहिर ल्याएको छ । आमिर खानले यो फिल्मका लागि बाहुबली स्टार […]