छनौट खेलमा नेपाल सात विकेटले पराजित

१३ भाद्र २०७५, बुधबार १७:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : एशिया कप क्रिकेट छनौटको खेलमा नेपाल पराजित भएको छ । बुधवार भएको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो ।मलेशियाई राजधानी क्वालालम्पुरको बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल शुरुमै नराम्रो प्रदर्शन गरेको थियो ।
सुवास खकुरेललाई मौका दिएपनि उनी ४ रनमा आउट भए । ३१ रन हँुदा पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले उकास्ने प्रयास गरेका थिए ।
बलिङतर्फ कप्तान पारस खड्काले एक विकेट लिए जबकी सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले विकेट झार्न सकेनन् ।

Next Post

हवाईसेवा बन्द

१३ भाद्र २०७५, बुधबार १७:३२
सुर्खेत, रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् । विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ […]