राप्तीसोनारीका सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग गरिदै

१३ भाद्र २०७५, बुधबार ११:२३
 

सदरलाइन / रुद्र सुवेदी
राप्ती सोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग गरिने भएको छ ।
मंगलगबार गाउपालिकामा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैयाबाट सूचना प्रविधि प्रयोगको थालनी भएको हो ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र इम्पेटस नेपाल प्रालिका अध्यक्ष जीवन गुरागाइँले ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस (एसपिआरए) एकेडेमिक एनलाइसिस रिसोर्स प्रोग्रामिङ’ (इआरपी) सिस्टमको स्वीच थिचेर शुभारम्भ गरेका हुन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई अभिबृद्धि गर्नको लागि सूचना प्रविधिको प्रयोगबाट नेपाल सरकार, स्थानीय सरकार, प्रधानाध्यापक, अभिभावक, शिक्षक र विद्यार्थीले विद्यालयको गतिविधि अध्ययन गर्नुका साथै विद्यार्थीहरुको विद्यालयमा उपस्थिति, पठनपाठनको अनुगमन, अतिरिक्त क्रियाकलापको अध्ययनलगायतका बारेमा जानकारी लिन सकिने र त्यसको आधारमा विद्यालयको शैक्षिक गतिविधिमा सुधार ल्याउन सकिने इम्पेटस नेपालका अध्यक्ष जीवन गुरागाइँले जानकारी दिए ।
यो प्रविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तल्लोस्तरबाट सूचना प्रविधिको प्रयोग भई विद्यार्थीको अध्ययन शैलीमा वृद्धि हुनुका साथै शिक्षकको अध्यापनमा लगनशिलता साथै सिकाइ उपलब्धीमूलक हुने विश्वास गरिएको छ ।
अध्यक्ष गुरागाईले यो प्रविधिको जडान गर्नको लागि विद्यालयले २ लाख पहिलो वर्ष र पुनः नविकरणको लागि १ लाख चार्ज लिने सो अवसरमा जानकारी दिए । यद्यपी यसै कम्पनीले अन्य प्रदेसमा भने १ लाख २५ हजारमा सो प्रविधि जडान गरेको छ ।
गाउँपालिकाका  अध्यक्ष  थारुले  शिक्षकलाई  जिम्मेवार  बनाउन  सूचना  प्रविधिलाई  स्वीकार  गरिएको  बताए । गाउँपालिकाले यो वर्ष कम्तीमा पनि १५–२० वटा विद्यालयमा यो प्रविधि जडान गर्न झण्डै चालिस लाख रुपैयाँसम्म खर्च गर्न सक्ने जानकारी दिदै उनले भने–‘सबै विद्यालयमा  हामी प्रविधि प्रयोग गर्न सक्दैनौं । किस्ता किस्ता गरी बढीमा २० विद्यालयमा यो सेवा प्रयोग गर्छौं ।’
गाउँपालिकामा अहिले पनि एक सय ३२ जना शिक्षकको अभाव रहेको भन्दै विभिन्न विद्यालयबाट माग भएको छ । गाउँपालिकाले कम्तीमा पनि ८४ जना शिक्षक यही आर्थिक वर्ष नियुक्त गर्न दुई करोड रुपैयाँ खर्च गर्न सक्ने जनाएको छ ।
गाउपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय निरिक्षक जीवन न्यौपानेले प्रावि तहमा ५१, निमावि तहमा ५८ र मावि तहमा २३ दरबन्दी आवश्यक भन्दै माग भई आएको मा प्राविमा १६ , निमाविमा ४६ र माविमा २२ गरी ८४ शिक्षक दरबन्दी अत्यावश्यक रहेको जानकारी दिए ।
सामुदायिक विद्यालयमा शिक्षक कै अभाव भइरहेको अवस्थामा गाउँपालिकाले शिक्षकलाई नियन्त्रण गर्न सूचना प्रविधिको प्रयोग गर्न खोजेको रुपमा अथ्र्याउन थालिएको छ । गाउँपालिकाले भने एक साताको परीक्षणकाल हेरेर त्यसको प्रतिक्रियाका आधारमा इम्पेटस नेपालसँग सम्झौता गर्ने जनाएको छ ।
‘गाउपालिकाका ५४ विद्यालयमा आवश्यता अनुसारको शिक्षक दरबन्दी नभई रहेको बेलामा शिक्षकलाई लगाम कसेर शैक्षिक गुणस्तर कायम गर्छु भन्नुको कुनै तुक छैन्’–स्थानीय शिक्षकले भने–‘हामीलाई पूर्ण दरबन्दी दिएर हाम्रो कामको मुल्याङ्कन गरिनु पर्छ ।’

Next Post

किशोरी तथा महिलाको रोजाई ‘बुटिक’ फेशन

१३ भाद्र २०७५, बुधबार ११:२३
सदरलाइन / करुणा शाह नेपालगन्ज  : नेपालगन्ज भृकुटीनगर की ३० वर्षिया माया डाँगी पौडेल प्राय zसबै कपडा बुटिक मै तयार पारेको लगाउन मनपराउछिन । बुटिकमा तयार गरिएका कपडा स्टाइलिस्ट जिशनेवल, कलर कम्बिनेशन मिलाईएको हुन उनको सोच भएको कारण उनी आफ्नो पहिरन जति बुटिक मै तयार गर्न लगाउछिन् । बाहिरको सजावट र […]

सम्बन्धित