

सदरलाइनडटकम,
काठमाण्डौ : बंगलादेशलगायतका देशमा बास बसेका रोहिग्ंया शरणार्थीहरुले न्याय माग्दै प्रदर्शन गरेका छन् । सैनिक दमनको एक बर्ष पुगेको अवसरमा रोहिग्ंया शरणार्थीहरुले प्रदर्शन गरेका हुन् । म्यानमारको सैनिक दमनका कारण देश छाडेर छिमेकी देशहरुमा शरण लिन उनीहरु बाध्य छन् ।
आफन्तहरुको हत्या, बलात्कार, अपहरणलगायत घटनाको स्मरणमा उनीहरुले आफु बस्दै आएको शिविरमै विरोध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सैनिक ज्यादतीका कारणसात लाख रोहिंग्या म्यानमारको राखाइन राज्यबाट पलायन भएका थिए ।
(एजेन्सीको सहयोगमा)