कोमल ओलीको ‘फेरि तीज आयो बाबा…’ तीजगीत सार्वजनिक

७ भाद्र २०७५, बिहीबार १८:२१
 

सदरलाइनडटकम
नेपालगन्ज    :  राष्ट्रिय सभा सांसद तथा चर्चित गायिका कोमल ओलीको स्वरमा सन्देशमुलक तीज गीत ‘फेरि तीज आयो बाबा’ बिहिवार सार्वजनिक गरिएको छ । हिन्दू महिलाह?को महान पर्व तीजलाई लक्षित गरी तयार पारिएको गीत म्युजिक नेपालले युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
स्वाभिमान महिला समुह बाँसगढी बर्दियाको दोस्रो प्रस्तुतीको ?पमा रहेको यो गीत महिलाह?लाई आत्मनिर्भर र स्वाभिमान बन्न उत्प्रेरणा दिने खालको सन्देश दिन खोजिएको निर्माता शंकर शर्माले जानकारी गराए ।
‘तीजको प्रसंगमा आजभोलि बजारमा उच्छृंखल र अपाच्य गीतह?को बिगबिगी भइरहेको अवस्थामा केही फरक र परम्परागत शैलीमा यस्तो सन्देशमुलक गीतले समाजलाई समृद्धितर्फ अघि बढ्न केही मद्दत पुग्ने हामीले आशा लिएका छौं ।’
निर्माता शर्माले भने–‘अर्को कुरा तीजलाई सधैं हामीले नितान्त मनोरञ्जनमा मात्र सिमित नराखी कला र संस्कृतिको माध्यमबाट पनि समाज ?पान्तरणको कार्यमा केही योगदान दिन सकिने मान्यताबमोजिम यो गीतको निर्माण गरिएको हो ।’
भगवती शर्माको शब्द र लयमा केशव बडुको संगीत संयोजन रहेको यो गीतलाई नवराज सुवेदीले नृत्य निर्देशन गरेका छन् । बर्दियाको बाँसगढीमा अवस्थित सिजी फुड्स, ऐचोपैचो सहकारी र बाँसगढी बजार क्षेत्रमा छायांकन गरिएको यो गीतलाई छायांकन र भिडियो सम्पादन रामु चौधरीले गरेका हुन ।
यो गीत मार्फत वैदेशिक रोजगारमा मात्र भर नपरी स्वदेशमै पनि बिभिन्न माध्यमबाट धेरै काम गर्न सकिने सन्देश समेत दिन खोजिएको छ ।

Next Post

नेपालगन्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

७ भाद्र २०७५, बिहीबार १८:२१
सदरलाइनडटकम, नेपालगन्ज : नेपालगन्ज हेल्थ क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । बिद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गराएको भन्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पसले स्वेच्छाचारी ढङले विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको भन्दै नेपाल विद्यार्थी संघले केहि दिनअघि पनि तालाबन्दी गरेको थियो । परीक्षाको विषयलाई लिएर भएको विवाद समाधानका लागि […]

सम्बन्धित