नेपालगन्ज औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा विकशित गरिदै

१३ फाल्गुन २०७४, आईतवार १९:३४
 

सदरलाइनडटकम
१३ फागुन, नेपालगन्ज : नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले नेपालगन्ज औद्योगिक क्षेत्रलाई औद्योगिक पार्कको रुपमा विकशित गर्ने तयारी भएको बताएका छन् ।
नेपालगन्ज औद्योगिक क्षेत्रको ४५ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘नेपालगन्जको ऐतिहासिक औद्योगिक क्षेत्रलाई अबका दिनमा औद्योगिक पार्कको रुपमा विस्तार गरिने छ ।’
उनले पछिल्लो समयमा बढ्दो शहरीकरणको कारण शहरको बीचमा औद्योगिक क्षेत्र हुँदा ध्वनी र वायु प्रदुषणको कुरा व्यापक उठि रहेको बेला घना मानव बस्तीबाट केही दुरीमा औद्योगिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्यले बाँकेको नौबस्तामा सबै सुविधा सहितको नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने बताए ।
उनले भने‘–कम्तीमा पनि १ हजार विगाहको क्षेत्रफलमा सबै व्यवस्थित हुने गरी औद्योगिक क्षेत्र बनाईने छ । नेपालगन्जमा त्यहाँको उत्पादनको प्रर्दशनी कक्ष राखिने गरी तयारी अगाडि बढाईएको छ ।’ उनले नौबस्तामा बनाईने औद्योगिक क्षेत्रले कुन मानविय बस्तिलाई जोखिममा नपार्ने र कसैको उठिबास नलगाउने बताए ।
नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले उद्योग सञ्चालनको लागि सुरक्षित बाताबरण तयार गर्नको लागि आफुले सक्दो सहयोग गर्ने बताउदै उनले भने–‘ पछिल्लो समयमा उद्योग मैत्री बाताबरण नभएको भन्ने गुनासाहरु आई रहेका छन् । यो या त्यो बाहानामा उद्योग सञ्चालनको लागि आउने बाधाहरु कुनै पनि शर्तमा मान्य हुने छैन ।’
उनले उद्योग सञ्चालनको लागि गुण्डगर्दी गर्नेलाई तह लगाउन स्थानीय प्रशासनले विशेष अभियान चलाउन अनुरोध समेत गरे । उनले नेपालगन्ज औद्योगिक क्षेत्रको व्यवस्थापन र समयको माग अनुसार व्यवस्थापकिय सुधार गर्न आवश्यक भएको बताए । उनले भने–‘पछिल्लो समयमा औद्योगिक क्षेत्रबाट ध्वनी र वायु प्रदुषणको कारण आफु कहाँ केही उजुरी आएको छ । उद्योग सञ्चालकहरुले पनि समयको माग अनुसार उद्योगलाई परिमार्जन गर्न आवश्यक रहेको छ ।’
उनले शहर क्षेत्र भन्दा बाहिर औद्योगिक क्षेत्र विस्तारको लागि उप–महानगरले मानवबस्ती बाहिर रहेको उप–महानगरले आवश्यक जमिन समेत उपलब्ध गराउन तयार रहेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले उद्योग सञ्चालनको लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाईने बताउदै उद्योग मैत्री बाताबरण बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले प्रदेश नं. ५ को राजधानी नेपालगन्जलाई बनाउन चरणबद्ध आन्दोलन चलि रहेको बेलामा प्रदेशको राजधानी हुन नसके पनि आर्थिक राजधानी नेपालगन्जलाई बनाउनको लागि सबै पक्षबाट पहल हुन आवश्यक रहेको बताए । उनले नेपालगन्जमा औद्योगिक कोरीडोरको निर्माणका लागि आवश्यक पूर्वधार भएकोले प्रदेशको आर्थिक राजधानी नेपालगन्जमा संभव भएको जीकिर गरे ।
बरिष्ठ उद्योगपति कन्हैयालाल बैद्यको अध्यक्षताका सम्पन्न भएको सो कार्यक्रममा कार्यालयमा लामो समे काम गरेर सेवानिबृत्त भएका पूर्व कर्मचारीहरुलाई सम्मान गरिएको थियो । व्यवस्थापक कृष्ण पुनले स्वागत गरेको कार्यक्रममा भेरी प्राविधिक शिक्षालयका भिमकान्त लामिछानेलगायतले सम्बोधन गरेका थिए ।

Next Post

एक करोडको लागतमा शिख च्यानल युके एडद्वारा बनकटवामा गुरुद्वारा निर्माण सम्पन्नसंगै उद्दघाटन

१३ फाल्गुन २०७४, आईतवार १९:३४
सदरलाइनडटकम  १३ फागुन, नेपालगन्ज : अलपसंख्यक शिख समुदायको लागि बाँकेको जानकी गाउपालिका–२ बनकटवामा धार्मिकस्थल गुरुद्वारा निर्माण गरिएको छ । ब्रिटेनमा बस्दै आएका शिख समुदायको पहलमा सो गुरुद्वारा निर्माण भएको गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष उत्तम सिंह सोणीले जानकारी दिए । गुरुद्वारा निर्माणका लागि बनकटवाका स्थानीय शिख समुदायले करिव ८ […]

सम्बन्धित