बाँकेमा १६८ फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ३० असार २०७९, बिहीबार १४:३५
 

नेपालगञ्ज : बाँके प्रहरीले एक वर्षमा १६८ जना फरार अभियुक्त पक्राउ गरेको छ ।

बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्र डम्बर पालले गत साउनदेखि यही असार महिनासम्म १६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए ।


उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो ।

पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र १ सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ । बाँके प्रहरी फरार अभियुक्त पक्राउ गर्नमा लुम्बिनी प्रदेशकै अगाडी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

३० असार २०७९, बिहीबार १४:३५
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका ११ मा बुधबार साँझ बस र मोटरसाइकल आपसमा ठोकिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ६० वर्षीय राम बहादुर थापा रहेका छन् । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे १ क १२५ नम्बरको […]