टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ मा शाहरुख खान ?

२९ श्रावण २०७५, मंगलवार १६:०६
 

भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ एउटा ट्रेन्डसेटर थियो । गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो यो सिरियल । यसको सफलतापछि भारतीय टिभीहरुमा पारिवारिक टेलिश्रृंखलाको बाढी नै आयो ।

निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसको सुटिङ पनि सुरु भइसकेको छ । एकता चाहन्छिन् पहिलेकै जस्तो ह्वीम यसले पनि ल्याओस । सिरियललाई सुरुमै चर्चित बनाउन उनी अनेक उपायहरुको खोजी गरिरहेकाी छिन् ।


यसै सिलसिलामा एकताले यस सिरियलमा बलिउड सुपरस्टार शाहरुख खानलाई इन्ट्री गराउन सफल भएकी छन् । समाचारअनुसार सिरियलको सूत्रधारको रुपमा शाहरुखले अभिनय गर्नेछन् । उनले सिरियलका पात्रहरु दर्शकलाई चिनाउनेछन् । उनलाई अघिल्ला तीन एपिसोडमा देख्न सकिनेछ । शाहरुखले ३० वर्षपछि कुनै टिभी सिरियलमा खेल्न लागेका हुन् ।

‘कसौटी जिन्दगीकी’ मा प्रमुख तीन पात्र थिए । प्रेरणा, अनुराग बशु र मिस्टर बजाज । यसपाली तीनवटै भूमिकामा नयाँ कलाकारहरु लिइएको छ । प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले अभिनय गर्दैछिन् भने अनुरागको भूमिकामा पार्थ समथान कन्र्फम भएका छन् । यो टेलिसिरियल कहिलेबाट प्रशारण सुरु हुन्छ भन्ने निधो भएको छैन ।

Next Post

बलिउड नायिकाको फेसनः साडीमा टाई

२९ श्रावण २०७५, मंगलवार १६:०६
सुन्दा पनि उदेकलाग्दो । साडीमा टाई । अरुले लगाएको भए मान्छेहरुले पागल भन्थे होला, तर हिरोइनले गरेपछि यो ‘स्टाइल’ बन्दोरहेछ । बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो फिल्म ‘मुल्क’ को सक्सेस पार्टीमा यस्तो विचित्र स्टाइलमा पुगेकी हुन् । यो फिल्ममा उनले एक वकिलको भूमिका निर्वाह गरेकी छन् । व्यवसायिकरुपमा असफल भए […]

ताजा अपडेट