बलिउड नायिकाको फेसनः साडीमा टाई

२९ श्रावण २०७५, मंगलवार १६:०९
 

सुन्दा पनि उदेकलाग्दो । साडीमा टाई । अरुले लगाएको भए मान्छेहरुले पागल भन्थे होला, तर हिरोइनले गरेपछि यो ‘स्टाइल’ बन्दोरहेछ ।

बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो फिल्म ‘मुल्क’ को सक्सेस पार्टीमा यस्तो विचित्र स्टाइलमा पुगेकी हुन् । यो फिल्ममा उनले एक वकिलको भूमिका निर्वाह गरेकी छन् । व्यवसायिकरुपमा असफल भए पनि फिल्ममा उनको अभिनयको तारिफ भएको छ ।


अरुभन्दा फरक देखिन हो वा फिल्मको क्यारेक्टरसँग तारतम्य मिलाउन हो, उनले साडीमा सर्ट र सर्टमा टाई लगाइकी थिइन् । तापसीको पार्टीमा उपस्थितिसँगै क्यामराहरु उनीतिर सोझिएका थिए । उनले जमेर पोज पनि दिइन् ।

ऋषि कपुरको प्रमुख भूमिका रहेको फिल्ममा एक मुसलमानले आफ्नो अधिकारका लागि गरेको कानूनी संघर्ष देखाइएको छ । फिल्मले एक हप्तामा १० करोड पनि कमाउन सकेन । फ्लप फिल्मले पनि सक्सेस पार्टी दिनुलाई आश्चर्यजनकरुपमा हेरिएको छ । यो फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका हुन् ।

Next Post

नेपालमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै

२९ श्रावण २०७५, मंगलवार १६:०९
काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो । नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र […]