कोहलपुर महोत्सवमा बद्री र हेमन्तले जुरुक्कै उचालेपछि…

६ फाल्गुन २०७४, आईतवार ०७:३३
 

सदरलाइनडटकम 
६ फागुन, नेपालगन्ज  : गत माघ २६ गतेदखि जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४ मा शनिबार महेत्सव हेर्न आउने दर्शकको ओइरो लागेको छ । सुरक्षाकर्मीलाई समेत दर्शकको भिडलाई व्यवस्थित गर्न हम्मेहम्मे परेको थियो ।
महोत्सवको नवौं दिन मञ्चमा चर्चित राष्ट्रिय लोकदोहोरी तथा जनगायक बद्री पंगेनी स्टेजमा चढ्दा महोत्सवको माहोल नै उर्लिएको थियो । गायक पंगेनीले केही समय महोत्सव हेर्न आएका आमा, दिदिबहिनीहरुलाई भावुक बनाए । ‘यस पालिको दशैमा आमा आउन पाउदिन’ बोलको गीत गाउदा आमाहरु भक्कानीएर रुन बाध्य भएका थिए । पछि पंगेनीले ‘कान्छी आई कान्छी, हाँसी हाँसी जिउला, रैछे काली काली’ बोलका गीतहरु गाउँदा शर्दकहरु कम्मर मर्काइ मर्काइ छमछमी नाचेका थिए ।
अर्का आधुनिक गायक हेमन्त शर्माले ‘एउटै कालो पार्टीमा क ख ग घ पढेको बिर्सियौ की कुसुम’ बोलको गीत गाउँदा दर्शक गीतको तालैमा नाचेका थिए । गायक शर्माले ‘जाला उडेर तिम्रो जाले रुमाल’ बोलको गीत गाउदा झन मञ्जमा आशिन अतिथिहरु समेत नाचेका थिए । शर्माले अन्य थुप्रंै गीतहरु गाएर दर्शकलाई मनोञ्जन दिए ।
यस्तै लोकदोहोरी गायिका सपना शाहीले दर्शकहरुरलाई आफ्ना प्रस्तुतिमार्फत मनोरञ्जन दिईन । गायिका शाहीले ‘भेटन आउ भेरीको पुलपारी’ बोलको गीत गाउदा र्दशकहरु मज्जेले नाचेका थिए । शाहीले ‘धान कुटेर चिउरा’ बोलको गीत गाउँदा युवायुवतीहरु उफ्रिउफ्रि नाचेका थिए भने उनले अन्य थुप्रै प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन दिईन ।
चर्चित हास्य कलाकार रमेश दुलालले दर्शकलाई आफ्ना प्रस्तुती मार्फत पेट मिचिमिचि हसाए । दुलालले विभिन्न विषयवस्तुमा हास्य तथा व्यङग्य गर्दै दर्शकहरुलाई मज्जैले हसाए । साथै विभिन्न स्थानीय कलाकारले दर्शकलाई आफनो प्रस्तुतिहरुले मनोरञ्जन दिलाएका थिए ।
यस्तै कोहलपुर महोत्सवको दशैं दिन आईतबार चर्चित राष्ट्रिय लोकदोहोरी गायिका टिका पुन, गायक रमेशराज भट्टराई, बैकुण्ठ महत लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कला संस्कृति, अतिथि अत्कार, यातायात तथा अवास व्यवस्थापन उप–समितिका संयोजक नमप्रसाद शर्माले जनाएका छन् ।


Next Post

०७ फाल्गुण २०७४ सोमवारको राशिफल

६ फाल्गुन २०७४, आईतवार ०७:३३
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू कमै भेटिनेछन्। शुभचिन्तकभन्दा आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू […]

सम्बन्धित