मानसरोवरको प्रतिबिम्ब नेपालगन्जमा बनाइने

२८ श्रावण २०७५, सोमबार १९:१९
 

सदरलाइनडटकम नेपालगन्जः साक्षात भगवान शिव बसोबास गर्ने मन्यता रहेको कैलाशस्थित मानसरोवरको झलक देखाउने उद्देश्यले नेपालगञ्जमा त्यसको प्रतिबिम्ति संरचना निर्माण गरिने पहल गरिँदै छ । धार्मिक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं. २० स्थित राँझा व्यारेकको दक्षिण मानसरोवर मन्दिर कम्प्लेक्स, बोटानिकल गार्डेनलगायतका भौतिक संरचना निर्माणको पहल गरिने भएको हो ।
उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतवार बसेको सर्वदलीय बैठकले संरचना निर्माणका लागि प्रदेश नं. ५ सरकारसँग बजेटमाग गर्ने निर्णय गरेको छ । सांसद, विभिन्न दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी, सुरक्षाअधिकारी, स्थानीय जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुखसहितको उपस्थितीमा गरिएको भेलाले यस्तो निर्णय गरेको हो ।
ट्राफिक व्यवस्थापनमा भेलाको चासो
तीन पाङगे्र सवारी साधान व्यवस्थापन, सडक विस्तारलगायतका बारेमा भेलाले चासो देखाएको छ । तीन पाङगे्र सवारी साधान वृद्धिले दुर्घटना र ट्राफिक व्यवस्थापनमा समस्या भईरहेको ठहर गर्दै भेलाले दर्ता, नवीकरणलगायतको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदलसमेत गठन गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीको संयोजकत्वमा यातायात व्यवस्था कार्यालयका प्रमुख चेतनकुमार खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्ष हिरेन्द्र रोकाया र उपमहानगरपालिकाका एक कर्मचारी सदस्य सचिव रहने गरी कार्यदल बनाइएको छ ।
गणेशमान चौकदेखि परसपुर जाने सडक निर्माणको कार्य तत्काल बढाउनु पर्ने, उत्तरतर्फको सडक किनार खाली गरिसकिएकाले दक्षिणतर्फको संघीय प्रहरी कार्यालय इकाई र जिल्ला प्रहरी कार्यालयलाई ३ मिटर जग्गा छोडी निर्माण कार्यलाई सहयोग गर्न अनुरोध गर्ने वैठकमा निर्णय गरिएको छ ।

Next Post

बाँकेमा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरी सक्रियता बढ्यो

२८ श्रावण २०७५, सोमबार १९:१९
सदरलाइनडटकम   नेपालगन्ज  : जिल्लामा नयाँ प्रहरी प्रमुख आएसंगै प्रहरी सक्रियता बढेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट निस्केको गस्तीटोलीले भन्सार छली ल्याएका विभिन्न सामान नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । प्रहरीले प्रेसनोट मार्फत दिएको जानकारी अनुसार भन्सार चोरी पैठारीको विभिन्न समान बरामद गरी अनुसंधान सुरु गरेको हो । […]