सदरलाइन / यदुराज मिश्र
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले सेवाग्राहीसंग घुस रकम लिदै गरेको अवस्थामा बर्दियाबाट एकजना असिस्टेन्ट सब–ईञ्जिनियरलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव–ईन्जिनियर रमेशकुमार गौतमलाई सेवाग्रहीसंग लिएको १० हजार घुससहित पक्राउ परेका हुन् ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट गएको टोलीले उनलाई नगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
बबई बहुमुखी क्याम्पसको शौचालय निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा गौतमलाई नियन्त्रणमा लिइएको आयोग कोहलपुरका निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए । पक्राउ परेका सब–ईन्जिनियर गौतममाथि थप अनुसन्धान भईरहेको उनले बताए ।
Next Post
प्रतिबन्धित लागूऔषध नाईट्रोम्याट ट्याब्लेटसहित बयक प्रहरी नियन्त्रणमा
१५ श्रावण २०७५, मंगलवार १७:४८
सम्बन्धित
-
२८ असार २०७९, मंगलवार १४:५५
लागुऔषधसहित बाँकेमा एक जना पक्राउ
-
१७ असार २०७९, शुक्रबार १५:०७
बर्दियाको मधुवनबाट वेवारिसे काठ बरामद
-
२८ कार्तिक २०७६, बिहीबार १७:५०
सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ घाइते
-
३ भाद्र २०७९, शुक्रबार १४:१०
बैतडीमा युवायुवती मृत फेला
-
११ श्रावण २०७८, सोमबार १५:१६
पार्किङ गरेर राखेको बसमा आगजनी
-
६ श्रावण २०७७, मंगलवार १९:२६
ब्राउन सुगरसहित हरिजन र तमौली प्रहरी नियन्त्रणमा