पत्रकार धनराज वास्तविकले कस्लार्इ ल्याए ‘मार्इती घर’?(भिडियाे सहित)

१३ श्रावण २०७५, आईतवार ०७:३०
 

काठमाडौं, पत्रकार धनराज वास्तविक काे शब्द संगीतमा मौलिक तिज गित ‘मार्इती घर’ सार्वजनिक भएको छ । बि जी इन्टरटेनमेन्ट प्रालि को प्रस्तुती रहेको उक्त तिज गित ‘मार्इती घर’ गायिका तृप्ती खड्का गुरूङ को प्रस्तुति रहेकाे छ।

तृप्ती खड्का गुरूङ र यम बिष्टकाे स्वर रहेकाे ‘माइती घर’ बाेलकाे गितमा बाल्यकाल देखी सँगै हुर्केको सँगै खेलेको साथीहरु सँग छुट्नु पर्दाको बेदना र बिहे भएपछी आफुले भनेको बेलामा माइत गएर भेट्न न पाउँदाको पिडालार्इ उठाएकाे साहित्यकार एवं संचारकर्मि धनराज वास्तविक ले बताए । वास्तविक ले भने ‘बर्षौं भयो बरिलै माइती घर न गाको’ साथी सँगी बरिलै भेट घाटै नभाको’ यस्ता शब्द उक्त गितमा समेटिएर मनमा भएका बेदना पोखिएको छ ।’

चेलिकाे पिडा दर्शाउने माैलिक गित ‘मार्इती घर’काे भिडियो लार्इ बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन तथा राजेश कुमारले सम्पादन गरेका छन्। भिडियोमा मोडल टिका जैसी, बिजय गुरुङ, रमेश कार्की र रेखा बस्नेतले अभिनय गरेका छन् । भने बि स्टार फिल्मस् प्रालि ले दृश्य निर्माण गरेको छ ।

Next Post

बालबालिकाको लागि आकर्षण बन्दै महेन्द्रपार्कको ‘मिनि जु’

१३ श्रावण २०७५, आईतवार ०७:३०
सदरलाइन / गीता आचार्य   नेपालगन्ज : नेपालगन्जको महन्द्रपार्कलाई विकास गरी ‘मिनी जु’ बनाएपछि अधिकांशको गन्तब्यको स्थान बन्न सफल भएको छ । सहरको बिच भागमा रहेको एकमात्र सो पार्क नेपालगन्ज उप–महानगरपालिकाको स्वामित्वमा रहेको छ । महेन्द्रपार्कलाई तत्कालिन नेपालगन्ज नगरपालिकाको पहलमा बिभिन्न किसिमका चराचुरुङ्गी, तथा जंगली जनावर संकलन गरी मिनी जु बनाईएको […]

सम्बन्धित