गुरुवागाउँ मेलामा भेडा जुधाईले मनोरञ्जन दिँदै

सदरलाइन संवाददाता १३ मंसिर २०८०, बुधबार १३:४८
 

नेपालगञ्ज : बाँकेमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गुरुवागाउँ मेला सुरु भएको छ । जानकी गाउँपालिका ५, बेलहरीस्थित गुरुवागाउँमा लाग्ने उक्त मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ । नागा बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष जगतराम कुर्मीका अनुसार परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका पुस्ताले पनि निरन्तरता दिइरहेको छ ।

यसै संरक्षण समितिकै आयोजनामा गुरुवागाउँ मेला सञ्चालनमा आएको हो । “यो मन्दिर २ सय वर्ष अघिको हो, २ सय वर्षअघि यहाँ नागा बाबा हुनुहुन्थ्यो, बाबाकै नामबाट मन्दिरको नाम नागा बाबा मन्दिर नामकरण भएको हो,” अध्यक्ष कुर्मीले भने–‘तबदेखि नै हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिनदेखि तीनसम्म लगातार मेला लाग्ने गरेको छ र मेलामा भेडा जुधाउने कार्यक्रम पनि निरन्तर चलिरहेको छ ।’


भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरू मेलामा आउने गरेको उनले बताए । कुर्मीका अनुसार हरेक वर्ष सय बढी भेडाहरू एकआपसमा जुधाउने गरिन्छ । व्यावसायिक हिसाबले पाल्ने भेडा र जुधाउनकै लाग्ने पाल्ने भेडा भिन्दाभिन्दै हुने उनले बताए ।

जुधाउनका लागि पालिने भेडालाई विशेष खानपानको व्यवस्था हुन्छ । जुधाउने भेडालाई किसानले वर्षभरि विशेष किसिमको तागतिलो खानेकुरा खुवाएर पाल्ने गरेको उनले बताए । भेडा जुधाई केवल मनोरञ्जन र परम्परा जोगाउन मात्रै भएको संरक्षण समितिका अध्यक्ष कुर्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका अधिकाँश कार्यालय छैनन् अपांगतामैत्री

१३ मंसिर २०८०, बुधबार १३:४८
नेपालगञ्ज : बाँकेका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ । अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुःखेसो छ । कोहलपुर नगरपालिकाको कार्यालय भवन अपांगमैत्री नहुँदा सेवा लिन निकै समस्या उठाउनु परेको अपांग […]