कोहलपुरले टिकटक प्रतियोगिता गर्दै

सदरलाइन संवाददाता ३ चैत्र २०७९, शुक्रबार १५:०९
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकले टिकटक प्रतियोगिता गर्ने भएको छ । नगरपालिका स्थापना दिवसको अवसरामा टिकटक प्रतियोगिता गर्न लागेको हो ।

पालिकले एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा, सुविधाहरु एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक, भिडियो मौलिक एवं निर्माताको नै कपिराईट भएको गीत, सम्बाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढिमा ३ मिनेट सम्मको टिकटक भिडियो तयार पर्न भनेको छ ।

उक्त तयार पारिएको भिडियो आफ्नो वालमा सबैले हेर्न, लाईक कमेन्ट र स्यर गर्न मिल्ने गरी पोष्ट गरी कोहलपुर नगरपालिका अफिसियल (२पयजबउिगचmगल) नामको टिकटक आईडिमा ट्याग वा मेन्शन गरी भिडियोको एक प्रति ९८५८०६७१११ नम्बरको हाट्सएपमा समेत पठाउन पर्नेछ ।


उत्कृष्ट हुने ३ वटा सन्देशमूलक भिडियोलाई नगरपालिकाको स्थापना दिवस ( बैशाख २५) को अवसरमा नगद पुरस्कार क्रमशः १० हजार, ८ हजार, ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ ।

प्रतियोगितामा सम्पूर्ण कलाकार, स्थानीय बासिन्दा, नगरपालिकाका शुभचिन्तक, देश विदेशमा रहनुहुने जुनसुकै पेशा व्यवशायमा संलग्न व्यक्ति, संस्था वा कम्पनीहरुलाई देहाय बमोजिमका शर्तको अधिनमा भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुकुम्बासीको पुर्जा वन ऐनले रोक्यो

३ चैत्र २०७९, शुक्रबार १५:०९
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका क्षेत्रका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अब्यवस्थित बसोबासीलाई ‘लालपुर्जा’ वितरण गर्ने कार्य रोकिएको छ । लालपुर्जा वितरण गर्ने अन्तिम चरणमा आईपुग्दा वन कार्यालयले सहमती नजनाउँदा रोकिएको राष्ट्रिय भुमि आयोग बाँकेका अध्यक्ष सर्वनकुमार यादवले बताए । उनका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा पुर्जा वितरणका […]

सम्बन्धित