निकुञ्जकाे राजमार्ग जंगली जनावरका लागि धराप

१९ श्रावण २०७५, शनिबार १६:०३
 

सदरलाइन / राज सुवेदी ,
नेपालगन्ज  : निकुञ्ज क्षेत्रको राजमार्ग जंगली जनावरको लागि धराप बन्दै गएको छ । हरेक वर्ष बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परि जंगली जनावरले ज्यान गुमाउने क्रम बढ्दो छ ।
गएको तीन वर्षको अवधिमा सो राजमार्गमा भएका सवारी दर्घटनामा परेरे १ सय ८१ वटा वन्यजन्तुहरु मारिएका छन् । निकुञ्जका अनुसार सबै भन्दा बढी बंदेल र चित्तलले ज्यान गुमाएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा मात्र सवारी दुर्घटनामा परेर ७७ वटा बन्य जन्तुले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । बँदेल १४, चित्तल १३, ब्वाँसो ७, चितुवा, छ, रातो बाँदर ५ सुनगोहोरो, कालो गोहोरो, बनविरालो, स्याल, दुम्सी ३ निर विरालो ३–३ वटा, चरीबाघ २, चौका २, निलगाई,कालो ओत, चिल, मलसाप्रो, गाजले निर विरालो, न्याउरीमुसा, लिंक्स १–१ वटा गरी ७७ वटाले ज्यान गुमाएका हुन ।
उनले भने–‘निकुञ्ज भित्रको राजमार्ग जंगली जनावरको लागि धराप सावित भएको छ । तीन वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष राजमार्गमा गाडिको ठक्करबाट मारिने वन्यजन्तुको संख्या बढ्दो देखिन्छ । तथ्यांकअनुसार सबैभन्दा बढी गत आर्थिक वर्ष २०७४ / ७५ मा ७७ वन्यजन्तु मारिएका छन् ।’
आर्थिक वर्ष २०७२ / ७३ मा ४३ वन्यजन्तु सवारीको ठक्करले मारिएकोमा २०७३ / ७४ मा त्यो संख्या २७ ले बढेर ६१ पुगेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जापुनले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरबाहिले वन्यजन्तु जोगाउन मुस्किल भएको दाबी गरे ।
निकुञ्जको पूर्व शिवखोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर राजमार्ग क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको उनले जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्रीमेयर गणका गणपति तथा प्रमुख सेनानी वासुदेव धिमालले वन्यजन्तुको सुरक्षाका लागि राजमार्गमा सवारी साधनको जाँच, पेट्रोलिङलगायतका गतिविधि तीव्र पारिएको बताए ।
उनले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा बन्यजन्तुको सुरक्षाको लागि आफहुरुले विभिन्न खालका सचेतना मुलक कार्यक्रम समेत सञ्चालन गरेको र ठाँउ–ठाँउमा चालकलाई सचेत बनाउने विभिन्न खालका स्लोगनसहितका बोर्ड, चिन्हहरु राखेको र निकुञ्ज क्षेत्रमा अत्यन्तै सिमित गतिमा सवारी साधान चलाउन आग्रह गर्दै आएको बताए । प्रशिक्षार्थी

Next Post

विपदमा प्रयोग गरिने सामाग्री तयारी अवस्थामा

१९ श्रावण २०७५, शनिबार १६:०३
सदरलाइन / सौजन्य श्रेष्ठ,   नेपालगन्ज  : बाढी जन्य प्रकोपबाट हुन सक्ने पीडितलाई लक्षित गरी नेपाल रेडक्रस सोसाईटीले नेपालगन्जमा तत्कालका लागि ५ हजार विपत पीडितलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको जनाएको छ । बाढिजन्य प्रकोपको उच्च जोखिममा रहेका प्रदेश ५ का पश्चिमका बाँके, बर्दिया र दाङ लगायतका जिल्लालाई दृटिगत सो […]