सुवेदीद्वारा लिखित ‘जीवनयात्रा’ लोकार्पण

२६ असार २०७५, मंगलवार १६:२१
 

सरदलाइनडटकम
काठमाण्डौं : खानीबीद अरुणकुमार सुवेदीद्वारा लिखित जीवनयात्रा लोकार्पण भएको छ ।
बरिष्ठ पत्रकार एवं घोष्टराइटिङका सम्पादक टंक पन्त , बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराल, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुवेदीले संयुक्त रुपमा लोकार्पण गरेको ‘जीवन यात्रा’मा राजनीतिक, सामाजिक , धार्मिक सास्कृतिक, आर्थक बिकास, ऐतिहासिक जस्ता बिषयलाई समेटिएको छ ।
खानीसंबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा विद्यार्थीका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक , पढनीय एवं सन्दर्भ सामग्रीका रुपमा रहेको छ ।
घोष्टराइटिङद्वारा प्रकाशित जीबन यात्राको समीक्षा गर्दे सम्पादकहरु पन्त, कोइराला, लुइटेल, भुगर्भबीद तारानिधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै नेपालको आगामी बाटोकोबारेमा उल्लेख गरेका थिए ।
लेखक सुवेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा पुर्बाञ्चल विश्वविद्यालयका पुर्ब उपकुलपति जगतबहादुर केसी, घोष्टराइटिङका सयोजक राजाराम गौतम, रेनुका खरेल, प्रकाशप्रसाद उपाध्यायलगायतले बोलेका थिए ।

Next Post

तलब नपाउँदा जाजरकोटका स्वास्थ्यकर्मीद्वारा आन्दोलन, सबै सेवा ठप्प

२६ असार २०७५, मंगलवार १६:२१
जाजरकोट, जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै आन्दोलन गर्न थालेका छन् । उनीहरुले मंगलबारदेखि सबै सेवा ठप्प पारेका छन् । ‘भोको पेटले काम गर्न सकिदैन’ भन्दै नारावाजीका साथ सडकमा पुगेका छन् । आन्दोलनले सबै विरामी मर्कामा परेका छन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल जाजरकोटमा कार्यरत […]