सदरलाइनडटकम
नेपालगन्ज : वर्षातको मौसममा फैलन सक्ने रोग र त्यसको निराकरणको लागि जिल्ला जनस्वस्थ्य कार्यालय बाँकेले बाँके स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण जारी राखेको छ ।
सोही क्रममा नेपालगन्जमा सोमबार पब्लिक प्राईभेट सेक्टरको पारामेडिक्स तथा प्राक्टिसनरहरुलाई प्रकोप जन्य रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
उनले सो कार्यक्रमले प्रकोपको बेलामा प्रभावित क्षेत्रका जनताले सहज स्वास्थ्य सुविधा पाउन सकुन भन्ने उद्देश्यले अभिमुखिकरण गरिएको बताए ।
सो कार्यक्रमलाई खजुरा स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा।सन्तोष सिर्पाइली, जनस्वास्थ्य अधिकृत चन्द, ल्यावटेक्नेसियन केशव ज्ञवाली, भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्मा, भेरी अञ्चल अस्पतालका मेडिकल रेकर्डर अरुणदेव खनालले सहजिकरण गरेका थिए ।
