बाढीले डुबाउँदा एकको मृत्यु, बृद्ध बेपत्ता

१८ असार २०७५, सोमबार १३:४५
 


सदरलाइनडटकम

नेपालगन्ज : अविरल वर्षाले वैजनाथ गाउँपालिकाको बाँकेको बैजनाथ गाउँपालिका— ५ मा एक जनाको मृत्यु भएको छ । स्थानीय नालामा नुहाउने क्रममा बाढीले बेपत्ता बनाउँदा सोही ठाउका लोकबहादुर सुनारको मृत्यु भएको हो ।

यस्तै वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो ।
बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

Next Post

‘न्यायीक समितिले हेर्न नमिल्ने मुद्दा अदालतमा पठाउ’

१८ असार २०७५, सोमबार १३:४५
सदरलाइनडटकम नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले न्यायीक समितिले हेर्न नमिल्ने मुद्दा अदालतमा पठाउन आग्रह गरेकी छन् । जिल्ला समन्वय समिति बाँकेले न्यायीक समितिका संयोजक, सदस्य र कर्मचारीका लागि लक्षित गरी सोमबारदेखि नेपालगन्जमा आयोजना गरेको तीन दिने क्षमता अभिवृद्धि तालिममा सहजिकरण गर्दै न्यायाधीश सुवेदीले सबै मुद्दा […]

सम्बन्धित