जिसस बाँकेद्वारा विकासे अनुगमन जारी

१७ असार २०७५, आईतवार २३:००
 

सदरलाइनडटकम
नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेबाट चालु आर्थिक वर्षमा जिल्लाका आठ वटै स्थानीय तहमा सञ्चालनमा रहेका विकास निर्माणका योजनाहरुको अनुगमन जारी छ ।
आईतबार बाँकेको डुडुवा गाउपालिकाको वडा नं. २ र ३ मा सञ्चालनमा रहेका पाँचवटा योजनाको स्थलगत अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका सदस्यद्वय जानुका क्षेत्री र जुल्फीकर अलि, जिल्ला समन्वय समिति बाँकेका शाखा अधिकृत भरत मल्ल र ईञ्जिनियर धनबहादुर रोकायको नेतृत्वमा प्राविधिक सहितको टोलीले सो योजनाहरु अनुगमन गरेको थियो ।
डडुवा गाउपालिका वडा न..३ को मोल्हबीपुरवामा कल्भर्ट मर्मत, बनकट्टीको हलबलडोलीमा रहेको नेराप्रावि हलबलडोलीको कम्पाउण्ड वाल, यसैगरी वडा नं. २ मा रहेको उचुवा बेतहनीको बीचमा रहेको कजवे, पूर्ववानीगाउमा डुडुवामा बेम्बो प्रोकोपाईन बाँध, र सन्तलियामा २२० मिटर पिसिसि बाटोको निर्माण अवस्था बारेमा स्थलगत अवलोकन गरिएको हो । अवलोकन गरिएका सबै योजना उपभोक्ता समूहबाट निर्माण गराईएका हुन ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य क्षत्रीले सबै योजना स्थलमा लागत स्टेमेट सहितको सूचनाबोर्ड नभएको पाईएकोले राख्नको लागि सुझाव दिएको बताईन । अर्का सदस्य जुल्फीकरले अनुगमन गरिएका योजनाहरु करिव करिव अन्तिम चरणमा रहेको अवस्थामा पाईएको बताए । अनुगमनमा गएको टोलीले समय मै काम सम्पन्न गर्न र गुणस्तरिय कामको लागि सुझाव दिएको छ ।


Next Post

प्रदेश ७ का अर्थमन्त्री आफ्नै गाउँबाट लखेटिए

१७ असार २०७५, आईतवार २३:००
अछाम। प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन्।आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् । मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनियोजन गरेको, […]