सदरलाइनडटकम
नेपालगन्ज : असार १५ अर्थात धान दिवश बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले धान रोपे । बेलासपुर धान पकेट विकास सञ्चालक समितिले नेपालगञ्ज– १२ बेलासपुरले शुक्रबार बिहान असार १५ अर्थात धान दिवसका अवसरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रमुख राणाले धान रोपे ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण बस्नेत, वडा नं. १२ का वडा अध्यक्ष वुद्धिसागर सुवेदी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले धान रोपे । उनले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला बढाउनुपर्ने बताए ।
उनले भने— ‘आयात घटाएर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाको सहयोगमा महिलाहरुको हिलेदौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मनिषा यादव प्रथम, वर्षा यादव द्वीतिय र श्यामा यादव तृतीय भए । विजेतालाई क्रमशः ५ सय, ३ सय र दुई सय प्रदान गरिएको कृषि शाखा प्रमुख जीवन केसीले जानकारी दिए । सञ्चालक समितिका अध्यक्ष परमात्मा वर्माको अध्यक्षतामा भएको कार्यक्रममा दही च्यूरासमेत खुवाइएको थियो ।