रेडहिलका विद्यार्थीले मनाए धान दिवश

१५ असार २०७५, शुक्रबार १७:४८
 


सदरलाइनडटकम
नेपालगन्ज : आज असार १५ । राष्ट्रिय धान दिवश तथा दही चिउरा खाने दिन । देशभर धान दिवश मनाइरहँदा बाँकेमा बिद्यालयका विद्यार्थीहरुले पनि धान दिवश धुमधामका साथ मनाएका छन् ।
नेपालगन्ज—१० आदर्शनगरमा रहेको रेडहिल एकेडेमी स्कुलले आफ्ना विद्यार्थीहरुलाई धान दिवशमा सहभागि बनाउनुका साथै उनीहरुलाई दही चिउरा समेत खु्वाएको छ । नेपालगन्ज—१४ भाटनपुरमा रहेको स्थानीयको खेतमा विद्यार्थीहरुले धान रोपे, हिलो खेलेर धान दिवश मनाए । उनीहरुले खेतमै दही चिउरा समेत खाए । आफुले मात्र होइन स्थानीयबासिन्दाहरुसंगै मिलेर उनीहरुले धान दिवश मनाएका हुन ।
‘ पहिलो पटक यसरी धान दिवश मनाउने कार्यक्रममा सहभागि हुन पाए । निक्कै राम्रो लाग्यो ।’— कक्षा ६ मा अध्ययनरत छात्रा साक्षी शर्माले भनिन् । उनी लगायत करिव ७० जना विद्यार्थी धान दिवशमा सहभागि भएका थिए । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नगरी व्यवहारिक ज्ञान दिलाउनका लागि धान दिवशमा सहभागि गराईएको प्रिन्सिपल हिमाल पौडेलले जानकारी दिए ।
‘विद्यार्थीले धान दिवश के हो र यसमा के गरिन्छ भन्ने जानकारी पाए ।’ प्रिन्सिपल पौडेलले भने,—‘यो कुरा पढाउने मात्र नभई फिल्डमै गएर थाहा पाउँदा अझ प्रभावकारी हुन्छ ।’ विद्यालयका निर्देशक जनक डाँगीले अतिरिक्त क्रियाकलापलाई बढि भन्दा जोड दिएको बताए । उनले भने,—‘हरेक हप्ता हामी कुन न कुनै अतिरिक्त गतिबिधि गर्दै आएका छौं । यसबाट विद्यार्थीलाई नयाँ— नयाँ कुरा जानकारी पाउन सहयोग पुग्छ ।’

Next Post

धान दिवशमा नेपालगन्जका मेयर खेतमा

१५ असार २०७५, शुक्रबार १७:४८
सदरलाइनडटकम नेपालगन्ज :  असार १५ अर्थात धान दिवश बाँकेमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले धान रोपे । बेलासपुर धान पकेट विकास सञ्चालक समितिले नेपालगञ्ज– १२ बेलासपुरले शुक्रबार बिहान असार १५ अर्थात धान दिवसका अवसरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रमुख राणाले धान रोपे […]