धरानमा बस पल्टिँदा ४ जनाको मृत्यु

२५ चैत्र २०७५, सोमबार १६:२९
 

सदरलाइनडटकम,
सुनसरी : धनकुटाबाट धरानतर्फ आउँदै गरेको बस धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन । ना ६ ख २७१३ नम्बरको बस पल्टिँदा ४ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले इटहरीले जनाएको छ ।
बस पल्टँदा च्यापिएर मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । बस पल्टिएर बिजुलीको पोलमा अगाडिपट्टीको भाग ठोकिएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनाको थप विवरण आँउन बाँकी छ ।

Next Post

राप्रपा अध्यक्ष कमल थापा पक्राउपछि रिहा

२५ चैत्र २०७५, सोमबार १६:२९
सदरलाइनडटकम, काठमाण्डौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापासहित केही नेतालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । २२ सूत्रीय माग राख्दै धर्नामा बस्न जाँदै गर्दा अध्यक्ष थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, भाष्कर भद्रासहितका नेता कार्यकर्तालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको राप्रपाका प्रचार विभाग प्रमुख तथा सह–प्रवक्ता मोहन […]