मानव बेचबिखनका बिरुद्ध नेपालगन्जका युवा सडकमा

१४ असार २०७५, बिहीबार २०:१२
 

सदरलाइनडटकम,
नेपालगन्ज : मानव बेचविखनका बिरुद्ध सचेतना फैलाउन नेपालगन्जका सडकमा युवाहरु सक्रिय रहेका छन् । नेपालगन्ज उप–महानगरको सहयोग तथा माईती नेपालको आयोजनामा नेपालगन्जका विभिन्न १० स्थानमा सडक नाटक तथा अभिमुखिकरण सम्पन्न भएको छ ।
माईती नेपाल नेपागन्जका क्षेत्रीय संयोजक केशव कोईरालाले नेपालगन्ज उप–माहानगरसँगको सहकार्यमा माईती नेपालले नेपालगन्जका युवालाई तीनदिने मानव बेचविखन विरुद्ध सचेतनामुलक तालिम दिदै उनीहरुलाई महिला वालवालिकामा आधारीत मानवअधिकार मुखी क्रियाकलापहरुमा सहभागी गराईएको जानकारी दिए ।
उनले सो तालिममा सहभागी युवालाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, संपर्क स्थानहरु कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षीत वसाईसराई र मानवबेचविखन विरुद्ध हाम्रो भुमिका लगायतको वारेमा अभिमुखिकरण गरीएको बताए ।
अभिमुखिकरणका सहभागीले व्यक्तिगत र सामुहिक रुपमा आफु सचेत रहदै परीवार र सथिहरु सवैलाई सचेतना फैलाउने शंकास्पद व्यक्ति, जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानी राख्ने परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायहरुसंग समन्वय गर्ने र मानव बेचबिखन बिरुद्ध क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।



कार्यक्रममा माईती युवा संञ्जालका सल्लाहाकार मधु पौडेल , संञ्जलका सयोजक मेघबहादुर खत्री, सह सयोजक सुरेन्द्र चलाउने र कोषाध्यक्ष पुष्पा सुनार समेतले सहजिकरण गरेको कार्यक्रममा स्थानीय तालिम प्राप्त युवाले कार्यक्रम व्यवस्थापन एवं जानकारी आदान प्रदान गरेका थिए ।
यसैबीच सोही समूहले नेपालगन्जका विभिन्न स्थानहरुमा मानव बेचबिखन बिरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो । माईती नेपालद्वारा प्रशिक्षित युवा श्वता गुरुङ, शाहिल अन्सारी, देवा क्षेत्री, साहबुदिन हल्वाई, सल्मान सल्मानी, अन्जना चतुर्बेदी, मेनुका रावत, पुजा बर्मा, लक्ष्मि बैश्य र सपना परियार समेतले कलाकारको भुमिका निर्वाह गरेका थिए ।   

Next Post

मदन भण्डारीको ६७ औं स्मृती दिवस मनाईयो

१४ असार २०७५, बिहीबार २०:१२
सदरलाइनडटकम, नेपालगन्ज : ६७ औं मदन भण्डारी जयन्तीको सन्दर्भमा मदन भण्डारी फाउण्डेशन बाँकेले बिहीबार नेपालगन्जमा ‘समृद्ध नेपाल सुखी नेपाली’ विषयक विचार गोष्ठी गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गफले मात्रै समाजवाद नआउने बताउँदै समाजवादतर्फ जानका लागि शिक्षा र स्वास्थ्यको […]