ब्राजिल पनि बराबरीमा रोकियो

४ असार २०७५, सोमबार १३:०४
 

काठमाडौं । ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए ।


प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे ।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।

Next Post

लोक सेवा सम्बन्धी वस्तुगत प्रश्नोत्तर

४ असार २०७५, सोमबार १३:०४
१. एसियाली देशहूको दिगो विकास सम्बन्धी सम्मेलन सन् २०१८ मा कहाँ आयोजना गरिएको छ ? – जपानको टोकियो २. नेपाल र बुरुन्डीबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ? – सन् २०१८ जुन ६ ( नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १६० औँ राष्ट्र) ३. वि.सं. २०७५ मा आयोजना गरिएको आठौँ राष्ट्रिय […]

सम्बन्धित