वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

२३ फाल्गुन २०७६, शुक्रबार १४:०५
 

सदरलाइनडटकम,
काठमाण्डौ : एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा शुक्रवार हुने भनिएको खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ ।
हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

Next Post

ठूलो वर्षाका साथै बाँकेमा असिना पर्यो

२३ फाल्गुन २०७६, शुक्रबार १४:०५
सदरलाइनडटकम, नेपालगञ्ज : पश्चिमी एवं स्थानीय वायुको प्रभावले आज बाँकेसहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । बाँकेलगायत आसपासका क्षेत्रमा आज दिउँसो वर्षाका साथै असिनासमेत परेको छ । पश्चिमी भूभागका केही स्थानहरुका साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भईरहेको जल तथा मौसम […]