नेपालगन्जमा ईदको रौनक

२ असार २०७५, शनिबार १९:३२
 

सदरलाइनडटकम
२ असार, नेपालगन्ज : नेपाली ईस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व ‘ईद–उल–फित्र’ ईद नेपालगन्जको ईदगाह मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु गरेका छन् । सरकारले यो वर्ष ईदको विदा कटौती गरेको भन्दै उनीहरुले संकेतिक बिरोध जनाउदै आफ्नो पर्व मनाउन सुरु गरेका हुन ।
पवित्र महिना रमजानको एक महिनाको लामो कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा विहान करिव ८:४५ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु भएको थियो ।
ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार शुक्रबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर अर्कोदिन ईद मनाईने परम्परा भएको मुस्लिम धर्मगुरु तथा सामाजिक सद्भाव तथा अन्तर धार्मिक क्षेत्रीय समितिका सह संयोजक मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
‘ईदको खुसीयाली मनाउदै छौ तर, हामी नेपाली मुसलमानको महान पर्वमा संघीय सरकार र प्रदेश सरकारले उपेक्षा गर्दै विदा नदिएकोमा दुखी पनि छौ ’– उनले भने–‘सरकारले ईस्लाम धर्मका महत्वपूर्ण पर्वमा सरकारले राष्ट्रिय विदा दिन पर्छ ।’
सरकारले बिदा कटौटी गरेको विरोधमा संविधान सभाका पूर्व सभासद अब्दुल हमिद सिद्दिकी भोलाको नेतृत्वमा ईदगाहमा कालो व्यानर राख्दै गर्दा प्रहरीले आफुहरुमाथि हस्तक्षप गरेको गुनासो गरे । उनले भने–‘बाहलवाला मन्त्रीले सोही स्थानबाट ईदको नमाज पढ्ने भएकोलेृ प्रमुख जिल्ला अधिकारी लगायतको प्रेशरमा हामीलाई शान्तिपूर्ण रुपले विरोध जनाउन पनि दिईएन ।’ नेपाल सरकारका शहरी विकास मन्त्री तथा बाँके निर्वाचन क्षेत्र नं. २ का संसद मो. ईस्तियाक राईले सोही मस्जिदमा सामुहिक नमाज पढेका थिए ।
मौलाना जब्बारले दिएको जानकारी अनुसार अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । आत्मसंयम र शुद्धिका लागि नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने चलन रहेको छ । उनले रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरी एकआपसमा शुभकामना साटा साट गर्ने चलन रहेको बताए । रोजा सकिएको खुशियालीमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।
‘ईद–उल–फित्र’ ईदको अवसरमा प्रत्येक मुस्लिम समुदायको घरघरमा सेवाई, जर्दा पुलाउ जस्ता विशेष पक्वानहरु पकाई आफु खाने र आफन्तको घरमा पठाउने चलन समेत रहेको कारणले यसलाई मिठी ईद पनि भन्ने गरिन्छ छ ।
उनले रोजा सुर्योदय हुनुभन्दा अघिदेखि सुर्यास्तसम्म चल्ने र यस महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहेको बताउदै रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिना भन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।
यसैगरी ईदुल फित्रमा खाने बिशेष प्रकारको परिकार सेवई खरिद गर्नेहरुको पसलहरुमा निकै भीड लागेको छ । साउदी अरबमा ईद मनाईएको भोलीपल्ट नेपालमा ईद मनाईने प्रचलन रहेको मौजाना जियाउल मुस्तफा नूरानीले जानकारी दिए । मुस्लिम समुदायको वाक्लो बसोवास रहेको नेपालगन्जमा मुस्लिम समुदायमा विशेष चहलपहल सुरु भएको छ ।
दारुल उल्लम फैजुननवी जामा मस्जिद ईदागाह संचालक समितिका अनुसार विहान पौने नौ बजे विपी चौकमा रहेको ईदगाहमा शुभकामना साटासाट तथा नमाज वाचनको कार्यक्रम आयोजना गरेको थियो ।
रमजानको समाप्तिसंगै ईद मनाउन मुस्लिम समुदाय नयां लुगा, मिठाई तथा अरु उपहार लगायतका सामग्री खरिदमा गरेका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित रहेको ईदगाह मस्जिदमा नमाज पढ्न आएका इस्लाम धर्मावलम्बीहरुलाई ईदको अवशरमा शुभकामना दिनको लागि विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सञ्चारकर्मी सो ठाँउमा पुगेका थिए ।


  

Next Post

बेटर बाँकेले कोहलपुरमा गर्यो रक्तदान

२ असार २०७५, शनिबार १९:३२
सदरलाइन / राज सुवेदी २ असार, कोहलपुर (बाँके) : बढ्दो गर्मीका कारण फैलने विभिन्न रोगको उपचारको लागि रगतको कमी हुन नदिन ‘रगत दिउ मायाँ बाँढौ’ भन्ने मूल नाराका साथ ‘बेटर बाँके’ले कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्णबहादुर थापाको प्रमुख अतिथ्यमा आयोजना […]

सम्बन्धित